समाचार राजनीति

जसपाले संविधान दिवसको विरोध गर्ने उपेन्द्र यादवको घोषणा

जसपाले संविधान दिवसको विरोध गर्ने उपेन्द्र यादवको घोषणा

जनता समाजवादी पार्टीले सरकारद्वारा घोषणा गरिएको संविधान दिवसमा भाग नलिने र त्यसको विरोध गर्ने निर्णय गरेको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार सामाजिक सञ्चाल मार्फत यसको जानकारी दिएका छन् । सरकारले संविधान दिवस मनाउने दिन अर्थात असोज ३ गते संविधानमा रहेका बिभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान शंसोधनद्वारा गरी त्यसलाई सच्याउनका लागि दवाव दिने यादवले वताएका छन् ।

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनबिद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका बिषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै यो संविधान जानकारी भएको उनको आरोप छ ।

सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण संविधानले मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जात/जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न नसकेको उनले जनाएका छन् ।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा बिभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र बिरोध गर्ने यादवको भनाई छ ।
 

ADVERTISEMENT