समाचार विचार

बाबा विश्वकर्माको पुजा, छिमेकी विश्वकर्मा चै अछुत ?

बाबा विश्वकर्माको पुजा, छिमेकी विश्वकर्मा चै अछुत ?

सुष्मा तिमिल्सिना 

झलमल्ल भएछ घामको उज्यालो पस्यो मेरो कोठामा। ओछ्यानबाट उठेर ढोकाको कब्जा खोले, आँखा भित्तामा रहेको पात्रोमा गयो। आज विश्वकर्मा पुजा रहेछ। ढोका खोलेर बाहिर निस्किए । दोस्रो काम भर्याङमा राखेको फलामे बार समातेर कोठा–चोटा गरी काम सके । तेस्रो काम बजारको त्यो परको दलित भनिने दाजुले निर्माण गरेको गणेशको मुर्तिमा पुजा गरे ।

यति गरीसकेपछि भने मनमा एक तमासको उथुल–पुथुल सुरु भयो । मनमा अनेक कुरा खेल्न थाले, चुलो त्यही कामिले बनाएको रहेछ । चिया पकाउने भाडोको बिड तिनै तिनै फलामे दाईले जोडेको । ढिडो पकाउने ताप्के, तरकारी पकाउने फलामे कराइ सबैमा ध्यान गयो। ढोका बन्द गरेर निस्किए, उहि कामि भनिने दाजुले हालेको फलामे गेट छ । गाडिको स्टेरियङमा हात लाग्ने बितिकै याद आयो, त्यो पनि अस्ति ग्यारेजमा साने कामि दाईले वायरिङ्ग गरेका थिए । मन ब्यतित भयो। गाडिको अगाडि तिनै कामिकी धर्मपत्निले मुसुक्क हाँसीन्, हैट! देखेको नदेखै गरि अघि लागें । अलि पर बाटोको छेउमै रहेको शिव मन्दिरमा रोकिएर हात जोडेर शिर निहुर्याएर ढोगे अनि उठ्न कोसिस गरें । शरिरले अलि साथ दिएन, छेउको त्रिशुल समातेर उठें, अनि लामो सास लिए। सम्झना आयो त्रिशुल बनाउने कामि दाई दिमागमा आइहाले। उफ...  भगवानलाई पूर्णता दिन बत्ति बाल्ने दियो, त्रिशुल, मुर्ति तिनै कामी (दाई/भाइ) ले बनाएका रहेछन् ।

मन्दिरको भित्रबाट पण्डित बाले पख है फुलपाति त्यहीं दिन्छु भन्दै निस्किए । टाडाबाट छोइन्छ कि झै गरि तिनले ओढेको पछ्यौरी थाप्न लागाएर फुत्त फालिदिए । हेरेको त साइला कामि रहेछन् । उनले मन्दिर छेउमै बसेर फुलपाती लगाए, म अघि वढे । केहि पर पुगेर गाडि धुने ठाउँमा रोकिए। भाई गाडि धुनु छ भनेको मात्र थिए, केटोले ठूलो आवाजमा भन्यो आज बन्द छ । बाबा विश्वकर्माको पुजा गर्ने दिन हो । 

मानव सभ्यताको शुरुमा जात भन्ने कुरा थिएन। नेपालमा जात विभाजन भाषा, जातिय पहिचान तथा जाति प्रथाबाट भएको हो । हरेक जातिको आफ्नो भाषा, संस्कृति र सभ्यता छन् र धेरैका भाषा एवं संस्कृती मिल्छन् । जातियता त उसले गर्ने काम अनि पेशाको आधारमा विभाजन भएको हो । यो भाषा,  धर्म र संस्कृतिका साथै उच्च जातिय अहंकारमा ब्यवस्थित भएको हुन्छ । सोहि विधाका आधारमा विश्वकर्माहरूले फलाम, पित्तल, सुनचाँदी,  ढुंगा र काठका साम्रग्रीको निर्माण गर्दछन् । विश्वकर्मा ‘विश्वकर्मन’ धातुबाट आएको नामवाचक शब्द हो । अर्थात् यसले विश्वमा आवश्यक पर्ने सबै काम गर्ने भन्ने जनाउँछ । जुनै जातको भएता पनि यो पेशासँग  जोडिएका उच्च वर्ग पनि कामको पेशाको आधारमा विश्वकर्मा हुन । जातियताको आधारमा उ फरक हो । तर न्यायिक हिसाबले हेर्ने हो भने सन्चालक पनि विश्वकर्मा पेशा र वर्ग छुट्याउने हो भने फरक हुन् भन्न मिल्दैन, यो दुवै पक्ष नेपाली राज्य सत्तामा स्पष्ट ढङ्गले चलखेलको अस्तित्वमा छ । यस कारण नै जातिय पहिचान मात्र आवश्यक छ । वहुपहिचान र एकल पहिचानको आवश्यकता तथा जातिय सम्मानको आवशयकता अहिलेको आवस्यकता हो। जसले समतामुलक र एकीकृत सामाजिक भातृत्व कायम गर्दछ ।

विश्वकर्मा भनेका ‘पानी नचल्ने तल्लो जात र दलित समुदायको एउटा जाति’ हुन् भन्ने बुझाइ छ । साधारण अर्थमा कामी जातिको पर्यायवाची शब्द नै विश्वकर्मा हो भने विभिन्न लेख साहित्यमा चित्रन गरिएको छ । विश्वकर्माका वारेमा केही धार्मिक दृष्टिले अध्ययन गरिएता पनि मानवशास्त्रीय इथ्नोग्राफिक हिसाबले अध्ययन गरिएकै छैन । विना अध्ययन वा बिना दस्तावेज विश्वकर्माहरूले आ–आफ्नै तरिकाले आआफ्नो व्याख्या गरेका छन् । विश्वकर्माहरूको उत्पत्ति कहाँबाट भयो भन्ने यकिन छैन । विश्वकर्माहरू गंगाको तिरैतिर फैलिँदै महाराष्ट्रको विशाल फाँटमा आएर अजमेरकोट नगरस्थापना गरी बसेको र उडिसा राज्यमा जगन्नाथपुरी मन्दिर समेत बनाएको भनिएको छ । तर कतिपय साहित्यमा उनीहरू ब्रह्मपुत्रको तिरैतिर भएर देहरादुन क्षेत्रमा नगर स्थापना गरी बसेको भन्ने पनि लेखिएका छन् ।

कुनै साहित्यले मुगल सम्राटहरूसंग परास्त भएपछि उनीहरू धनदौलत छोडेर ब्रह्मणहरूसँगै उत्तरी क्षेत्रतिर आए भनेको पाइन्छ । यी दुवैलाइ आधार मान्ने हो भने जसरी भए पनि भारतीय द्वीपहरूबाट लखेटिएर उनीहरू नेपाल पसेको र विभिन्न पेसा अपनाएर जीविकोपार्जन गर्न थालेका रहेछन भन्ने अनुमान लगाउँन सकिन्छ । पछि मल्लकालीन युगमा स्थापना भएको जात व्यवस्थासँगै उनीहरू पनि शुद्र जातमा पारिएका हुन् भन्ने तर्क नेपालमा स्थापित जस्तै छ । त्यसका कारणले नेपालको खस शासन व्यवस्थामा विश्वकर्माले समेत छुवाछूत तथा जातीय विभेद भोग्दै आएका छन् ।

प्राचीन ग्रन्थ उपनिषद एवम् पुराण आदिका अवलोकनको समयपछि यो जात विशेषको कुरा सुरु भएको पाइन्छ । प्रभु विश्वकर्मा स्वयम् आविष्कार र निर्माण कार्य गर्थे । इन्द्रप्रस्थ, निलकण्ठ, पशुपतिनाथ, मुक्तिनाथ, केदारनाथ, बद्रीनाथका मुर्ती र मन्दिरलगायत समस्त पुराना संरचना विश्वकर्मा बर्गबाटै निर्मित भएको पौराणिक ग्रन्थहरुमा पाइन्छ । इन्द्रपुरी, यमपुरी, वरुणपुरी,  कुबेरपुरी,  पाण्डवपुरी,  सुदामापुरी, सन्दर्भमा शिवमण्डलपुरी आदिमा उल्लेख गरिएको छ। पुष्पक विमान र एउटै द्वारा आयोजित देवताहरू र उपयोगी दैनिक वस्तुहरुको मन्दिर निर्माण गरिएको छ। हेलिक्स कर्ण, प्रभु विष्णुजीलाई सुदर्शन चक्र, भगवान शिव र प्रभुको त्रिशूल, प्रभु विश्वकर्माको कालदण्ड आदि निर्मित सामान उत्पादन गर्ने हो । इतिहासलाई हेर्दा हिन्दूधर्मभित्र जातिय पारखी र कुलिन जातिहरूका कुरा समेटिएको छ, जसमाथि कुनै किसिमको विभेद थिएन र कामको आधारमा व्यख्या छ ।

जात भन्दा पनि जातिय बिभेदका कारण मुलुक अगाडि बढ्न सकेको छैन । जातिय आन्दोलन र अधिकारको लडाइ सधै उच्च स्थान प्राप्त गर्ने र वार्गेनिङ्ग गर्ने विषय हुने गरेको छ । अछुतहरुलाई पूजापाठ गर्न पढ्न कस्ले रोकेको थियो र ? यो ओठे प्रश्न यदाकदा सुन्ने गरिन्छ । तर, शास्त्र अध्ययन गर्दै जाँदा अछुतहरुलाई ब्रह्मण कर्म गर्न अछुतहरुलाई पूजापाठ गर्न पढ्न कस्ले रोकेको थियो र ? यो ओठे प्रश्न यदाकदा सुन्ने गरिन्छ । तर, शास्त्र अध्ययन गर्दै जाँदा अछुतहरुलाई ब्रह्मण कर्म गर्न रोकेको देखिन्छ । मनुस्मृतिमा लेखिएको छ –वध्यो राजा स वै शुद्रो जपहोमरश्य यः (महिर्षि अत्रि भन्छनः राजाले जपहोम आदि ब्राह्मणोचित कर्म गर्ने शुद्रलाई मारिदिनु नै उचित हुन्छ) । यसरी छुवाछुत सँगै अघि बढिरहने हो भने जातियताको विभाजन त कहिल्यै सकिनेनै छैन । मन्दिरको त्रिशुल चोखो तर बनाउने कसरि अछुत ?

अन्धविश्वासको आड लिएर छुवाछुत रंगभेद, जातिभेद, लिङ्गभेद वा यस्तै विभिन्न आधारमा गरिने भेदभाव, पक्षपात र दमन कहिल्यै पनि मानव जातिको आकांक्षा हुनु हुन्न । मानव सभ्यताको कलंकका रुपमा रहेको यस अमानवीय प्रथालाई हामीले कानुनि व्यवस्था र उचित कार्यवहन गरि अन्त्य गर्नु पर्ने देखिन्छ । यसलाई सामाजिक रुपमा समानता र मनैदेखि अपनाउन जरुरि छ ।

यिनै जातिले मात्र होइन यो विश्वकर्मा पेशासँग जोडिएका व्यतिले बनाएको गाडिको पुजा आज गरियो तर यो दिन मात्र विश्वकर्मा जातिको मात्र भन्दा न्याय त पक्कै हुन्न होला । भगवानको रुपमा बिस्वकर्मा बाबालाई पुजा गरेर ढोग्ने तर त्यहि पेशा गर्ने विस्वकर्मा थर भएको छिमेकी घरको कामी दाईलाइ अछुत मानेर हेला गर्ने विबेक सहि हुन सक्दैन। मनमा धेरै प्रश्न उत्तर खेल्यो तर मनले यहि सकरात्मक कामना गर्यो । यिनिहरु महान छन्, विश्वकर्मा हुन तर विश्व यिनको मेहनत र दिमागले अघि चलेको छ गुडेको छ । मन चङ्गा भयो, अनि त्यहि गाडिको स्टेयरिङ चलाएर घर आए। अनि घरको ठुलो गेट खोले ।।