कला साहित्य

मान्छे

मान्छे

मान्छे सफल भएको उस्कै क्षमताले हो,

सूझ बूझ प्रयोग गरी लिएको  पहलताले हो। 

 

वगिरहेको खोलाको  ढुंगा काटेको सबलाई थाहा छ,

खोलाको शक्ति भन्दा पनि यसको निरन्तरताले हो। 

 

मान्छे त अहिले फोटो खिच्न मात्रै मुस्कुराउछन्,

विरासतमा मिलेको आँशु अनि नैरास्यताले हो। 

 

मैले कहिल्यै हाँस्न जानिन तपाई भन्नुहुन्छ, 

हसाउन सक्ने विशेष मान्छेको न्यूनताले हो। 

 

स्वीकार गरेकै थियौ  चाहीँ नचाही विपत र महामारी,

गुनासो निम्त्याएको त केबल अराजकताले हो।