समाचार

सप्तरीमा एकै दिन थपिए ५० जना कोरोना संक्रमित, राजविराज नगरपालिकामा मात्रै ४४ जनालाई संक्रमण

सप्तरीमा एकै दिन थपिए ५० जना कोरोना संक्रमित, राजविराज नगरपालिकामा मात्रै ४४ जनालाई संक्रमण

सप्तरीमा मंगलवार जिल्ला प्रशासन कार्यालय सप्तरीका तीन जना कार्यालय सहयोगीसहित एकै पटक ५० जनालाई कारोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगीहरु ६६, ५६ र २८ वर्षिय पुरुष, राष्ट्रिय अनुसन्धान कार्यालयका ४७ वर्षिय पुरुष, जिल्ला अदालतका एक जना प्रहरी र एक जना सरसफाईकर्मी लगायत जिल्लाभरी कुल ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका अनुसार राजविराज नगरपालिकामा ११ महिलासहित ४४ जना, छिन्नमस्ता गाउँपालिकामा १ महिला, हनुमानगर कंकालिनी नगरपालिकामा १ पुरुष, शम्भुनाथ नगरपालिकामा २ पुरुष र छिन्नमस्ता अस्पतालका १ महिलासहित २ गरी ५० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार ९० पुगेको छ । संक्रमित मध्ये ८ जनाको मृत्यु भएको छ भने ७३६ जना डिस्चार्ज भएको यादवको भनाई छ ।

सप्तरीमा ३४६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।