समाचार प्रदेश १

प्रदेश १ मा सोमवार ८७ जनालाई कोरोना संक्रमण, १५ जना डिस्चार्ज

प्रदेश १ मा सोमवार ८७ जनालाई कोरोना संक्रमण,  १५ जना डिस्चार्ज

प्रदेश १ मा सोमवार ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना गरी ८७ जनालाई कोरोना पुष्टि भएको हो ।


कटहरीमा १५, विराटनगरमा १५, बुढीगंगामा १५, ग्रामथानमा ७, रतुवामाईमा ३, जहदामा १ र स्थानीय तह नखुलका २ पुरुष गरी मोरङ्गमा ५८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १४, धरानमा ४, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुष गरी सुनसरीमा २४ जनामा संक्रमण देखिएको छ ।

झापाको कमल गाउँपालिकामा २, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना गरी प्रदेश १ मा १५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।
प्रदेश १ मा सोमवार १ हजार ४८३ जना र जम्मा १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।