विचार

संकटको घडीमा कुशल व्यवस्थापनको आवश्यक्ता

संकटको घडीमा कुशल व्यवस्थापनको आवश्यक्ता

सुष्मा तिमिल्सिना

आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रु–संकटे ! 
राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धवः !! 

यो श्लोकले भन्दछ ‘बिरामी हुँदा, दुःख पर्दा, अनिकाल पर्दा, शत्रुको भय हुँदा वा सत्रु आक्रमण हुँदा, साशकिय काममा होस् वा मसानघाटमा जो साथ रहन्छ त्यही बन्धु हो।’ यो भनाई अनुसार संकटमा तथा आपद विपदमा सहयोग गर्ने अथवा साथ रहने मानिस मात्र सच्चा साथी र संगत गर्न लायक मानिन्थ्यो । यसै अवधारणालाई आधुनिक कालमा जिम्मेवारी, कर्तब्य वा ब्यवस्थापनको रूपमा अर्थ्याउन थालियो। आखिर जेभए पनि यो एक मानिसले अर्को मानिसलाई संमवेदनात्मक ब्यवहार गर्नु हो भनेर बुझ्न सकिन्छ।

पुर्बजानकारी बिना अनपेक्षित परिणाम आउनु नै संकट हो। अर्थात संकट यस्तो अबस्था हो जुन कुरा कसैले सोचेकै  हुँदैन । तत्कालको परिस्थितिमा यसले विनास पुर्याउँछ र भविष्यलाई आश्वस्त हुन नसक्ने बनाउँछ। आईपरेको संकटलाई धैर्यता बुद्दिमत्तापुर्बक व्यबस्थापन गर्न र यसको न्युनीकरण गर्ने प्रकियालाई संकट ब्यबस्थापन भनिन्छ। यो एक अनपेक्षित र अनिश्चित अबस्थाको व्यबस्थापन हो। यस्तै किसिमको संकट आउला भन्ने कुनै आधार नै हुदैन । संकटहरू आईपर्दा ‘जे पर्छ सोहि बेला टर्छ’ भन्नु भन्दा पनि संकटले पार्ने असरलाई वुद्धिमत्ता पुर्वक व्यबस्थापन गर्नु नै पर्ने हुन्छ। संकट आफै टरेर जाने भन्ने हुदैन। 

अहिले कोरोना भाईरस (कोभिड–१९) को फैलिदो संक्रमणका कारण विश्व नै संकटको अवस्थामा छ । यसले प्रत्यक्ष रूपमा हरेक राष्ट्रलाई विचलित बनाएको छ। कोरनाका कारण मानव–मानव विच धेरै ठुलो भौतिक दुरी, आर्थिक स्वार्थ र यससँग जोडिएका विभिन्न समस्याले विश्व नै संकटको सामना गरिरहेको छ । यहि अवस्थावाट नेपाल पनि गुज्रदैछ। नेपाल यसको कुशल व्यबस्थापन प्रक्रियामा जुटेकै महिनौ भईसक्यो। राज्यले हरेक स्रोत र साधनको अधिक्तम प्रयोगको बिधि अपनाएर यो भयवित अबस्था र चुनौतीसंग लडिरहेको छ। हाम्रो जस्तो मुलुकको लागि यो अत्यन्तै कठीन र अनपेक्षित अबस्था हो । लामो समयसम्म आन्तरिक सशत्र द्वन्द्व, बदलिएको शासन पद्दती अनि बाढी/पहिरो, विनाशकारी भुकम्प, भारतले गरेको नाकाबन्दी, जस्ता ठुला–ठुला संकट खेप्दै आएको राज्यलाई यो विश्वव्यापी कोरना भाईरस संक्रमणको प्रकोपले त झनै महासंकटमा पारेको छ । हामीसँग भएका स्रोत साधन अनि सरकारको कार्य शैली हेर्दा ब्यवस्थापकिय कार्य खासै प्रभावकारी देखिदैन । परिस्थिति अनुसारको ठोस सम्बोधन हुन सकेको छैन । त्यसैले महामारी नियन्त्रणमा आउन कठिन बनेको छ। नेपाल मात्र होईन, विश्वका ठुला शक्ति राष्ट्रहरु नै यसको नियन्त्रण र आर्थिक स्थितिलाई चलायमान बनाउन असफल छन् । तर पनि राज्यले जनभावनाको कदर गरी सहि र यथार्थ परक हिसाबले कोरना संकटको सम्बोधन गर्नुपर्छ। जुनसुकै संकटलाई संकटकै रूपमा ग्रहण गरी उचित  ब्यबस्थापन गर्नुपर्छ । सिमित स्रोत, साधन, भौतिक असहजता लगायतमा पनि संकटलाई कुशल ब्यबस्थापन गरी जनसमक्ष लैजानु नै राज्यको ब्यबस्थापकिय कुशलता हो।

हरेक संकटलाई ब्यबस्थापनको हिसाबले मध्यनजर गरी यसको पहिचान, परिधिकरण, समस्याको प्राथमिकीकरण, कार्यान्वन तह र संकट ब्यवस्थापनका लागि सुरक्षात्मक उपायहरूको अवलम्बन गर्नुपर्ने देखिन्छ । संकट आफैमा समस्या हो । यो परिस्थितिवाट अहिले विश्व आक्रान्त भएको छ । 

अतिवृष्टि, अनावृष्टि, भूकम्प, बाढी–पहिरो लगायतका संकट आउने गरेकै थिए। त्यसमाथी कोरोनाको विध्यमान संकट रहुन्जेल यसको जोखिमवाट बच्न र सुरक्षाको निम्ति राज्य, राजनीतिक दल, नागरिक, संगठित तथा असंगठित निकायहरुले आफ्नो नागरिक दायित्व निर्वाह गर्न जरूरी छ। संकटको यस घडीमा विकासोन्मुख मुलुकहरू स्वास्थ चौकी, अस्पताल लगायतका पुर्वाधार र अन्य आवश्यकताहरुको संबोधन गर्न र नागरिकको सेवा र उद्दारमा तल्लीन छन। यस अवस्थामा परिस्थितिको सामाना गर्नु र अनावश्यक टिप्पणी भन्दा पनि राज्यका प्रयासहरुमा सहायता गर्नुको कुनै विकल्प छैन। कोरोना ब्यबस्थापनमा पनि राज्यले उचित तथा प्रभावकारी कदम चाल्नु र नागरिकले त्यसलाई सहयोग गर्नु बुद्धिमानी हुन्छ । जस अन्तरगत तत्काल रोकथाम तथा जोखिम कम गर्न तयारी र उद्दार जस्ता कार्यहरुलाई रचनात्मक तथा प्रभावकारी बनाउन जरूरी छ ।

कोरना संक्रमण नियन्त्रण गर्न राज्यले लकडाउन, सटडाउन, निषेधाज्ञा तथा नाका र टोल सिल गर्दै आएको छ ।  संक्रमीतको पहिचान गर्ने, कन्ट्रयाक ट्रेसिङ गर्ने, क्वारेन्टाइनमा राख्ने, पिसिआर परिक्षण गर्ने, संक्रमीतको अवस्था हेरी आइशोलेसनमा राख्ने, उपचार गर्ने जस्ता कार्य पनि हुँदै आएका छन् । तर, संक्रमण  रोक्न गरिएको लामो लकडाउन र निषेधाज्ञाका कारण ब्यापार/ब्यवसाय, शिक्षा, उद्योग, कारखाना लगायत सबै क्षेत्रहरू प्रभावित छन् । स्थिति नकरात्मक र भयावह वन्द गएको छ। वेरोजगारी वढ्दै गएको छ । बिपन्न नागरिकहरु एक छाक खानका लागि घण्टौं लाईन लागेर वस्नु पर्ने तथा संघ/संस्था तथा राज्यको भरमा आश्रित हुनु परेको छ । महंगीले विपन्न वर्गका मानिसहरु झन समस्यामा परेका छन् । दोब्बर–तेब्बर  भाउ हालेर पनि सामानहरू नपाउँउने अवस्था छ। लकडाउन र निषेधाज्ञाले ठुला घराना र उद्योगी/ब्यबसायीलाई खासै फरक नगरेपनि गरिव र आमनेपाली नागरिकलाई ठुलो असर पारेको छ। कोरनाको त्रासले कति दिन आफुलाई ढोका थुनेर राख्ने ? ऋण कस्ले तिरिदिने ? अनि घरको रासन कस्ले भरिदिने ? जस्ता समस्याले आम नागरिक चिन्तित छन्। सरकारले यस्ता कुरामा ध्यान दिन नसक्दा जनताले बिद्रोह गर्ने अवस्था आउने खतरा उत्तिकै छ। लकडाउन र निषेधाज्ञा मात्र विकल्प होईन भन्ने पुस्टि भैसक्यो । तसर्थ सुरक्षाका मापदण्ड वनाएर उच्चतम समन्वय र सहकार्य गरी जनजीवन सहज बनाउने र आर्थिक अवस्थालाई सुधार गर्दै जाने कुरामा राज्यले ढिला गर्नु हुँदैन। 

कोरना संकमण नियन्त्रण गर्न आम नागरिकको पनि महत्वपुर्ण भुमिका छ ।  अग्रभागमा रहेर कर्तव्य पालना गर्ने स्वास्थकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सम्मान गर्नुपर्छ।  परिस्थितीको गाम्भिर्यतालाई बुझी हरेक नागरीकले सामाजिक/भौतिक दुरी कायम गर्ने, अनावश्यक हिडडुल तथा भिडभाड नगर्ने, सुरक्षा मापदण्ड अनिवार्य अपनाउने कुरामा अझै जोड दिनु जरुरी छ । यसमा सबैको सहकार्य योगदानको आवश्यक छ। जनताले अनुशासित र सचेत व्यवहार गर्ने तथा सरकारले जिम्मेवारी निर्वाह गरेमा कोरना रोकथाममा जहता हुने कुरामा कुनै द्विविधा छैन। अन्थामा संक्रमण भयावह बन्दै जाने, आर्थिक संकट उत्पन्न हुने र राज्य संचालनमै संकट आउने कुरा निर्विवाद छ। त्यसैले आवश्यक कार्यहरुको प्रभावकारी कार्यन्वयन, सरकारको जिम्मेवार भुमिका र आम नागरिकको सहयोग आजको आवश्यक्ता हो।
 
विपत्तीवाट निकास पाउन सुधारात्मक कदम, रचनात्मक कृयाकलाप, साहस र धैर्यताको आवश्यक्ता छ। हामीले दात्रृ निकाएको सहयोग मात्र होइन, उनीहरुले अवलम्वन गरेका राम्रा र सकारात्मक कामको पनि अनुसरण गुर्न पर्ने आवश्यक्ता छ । यस्तो जटील अवस्थामा विज्ञ तथा संकट ब्यवस्थापनमा सफल राष्ट्र बाट पाठ सिक्नु पर्छ। नुजिल्र्याण्ड, भियतना, इजरायल, अस्ट्रेलिया, जापान, चिन जस्ता मुलुकहरुले कोरोना रोकथामका लागि गरेका विधिहरु अनुसरण योग्य छन् । खोप निर्माण जुटेका देशहरुसँग रणनितिक, व्यबसायिक र कुटनीतिक पहल पनि गर्नु पर्ने हुन्छ। यो समय बाच्ने  र बचाउने हो । त्यसैले एक आपसमा जुटेर संकटको सामना गर्नुनै उचित हुन्छ ।

(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)