विदेश

नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप

नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण तथा मध्य एशियाका वरिष्ठ निर्देशक लीसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताएकी छन् ।ब्रुकिंग्स इष्टिच्युटद्धारा आयोजित वेबिनारमा बोल्दै कर्टिसले विशेष गरी नेपाल र श्रीलंका जस्ता छिमेकी देशमा चीनको प्रभाव र रणनीति बढिरहेको बताइन् ।

उनले चीनले नेपाल र भुटानको सार्वभौमसत्तालाई भुलेर आफ्नो गतिविधि बढाइरहेको बताइन् ।गत ‘मे’ मा एक चिनियाँ सरकारी सञ्चार माध्यमले नेपालको सगरमाथा चीनले दाबी गरेको समाचार प्रकाशित गरेको प्रसंग उठाउँदै कार्टिसले नेपालको सार्वभौमसत्ता माथि चीनले आक्रामक गरेको उल्लेख गरिन् ।

यसैगरी, चीनले जुलाईको शुरुमा नै पूर्वी भुटानमा आफ्नो भू–भाग दाबी गरेको थियो ।उनले पछिल्लो समय चीनको प्रभाव भारतका छिमेकीहरु, विशेष गरी नेपाल र श्रीलंका बढिरहेको बताइन् । वेबिनारमा सोधिएको प्रश्नको उत्तर दिँदै उनले यी देशहरुमा चीनले आर्थिक प्रभाव पार्नुको साथै आन्तरिक राजनीतिमा पनि हस्तक्षेप गर्दै आइरहेको बताइन् ।