समाचार

छोराहरूलाई अघि सारेर डलर छपक्कै

छोराहरूलाई अघि सारेर डलर छपक्कै

बिदेशको कमाइलाई बैधानिकता दिने क्रममा डलर अर्बपति विनोद चौधरीका दुईजना छोरा राहुल र बरुणको स्टाटसलाई लकडाउनकै वीच हतार हतार फेरि गैरआवासीय नेपाली (एनआरएन) बनाइएको छ ।

दुई वर्षभन्दा बढी समय विदेशमा बसेर व्यवसाय गरेका नेपालीलाई पनि एनआरएनएको सदस्य मानिने भएकाले उनीहरूले समेत उक्त हैसियतको उपयोग गरेका हुन् ।
साउनअघिको लकडाउनमा पनि परराष्ट्र मन्त्रालयमाथि चौधरी पुत्रको एनआरएन कार्ड नवीकरणको ठूलै दबाब पर्यो । एनआरएनको हैसियतमा विदेशमा व्यवसाय सञ्चालन गर्दै आएका राहुल र बरुणले नवीकरणको लागि गत चैतको अन्ततिर आवेदन दिएका थिए ।

यिनका हस्याङ्ग फस्याङ्ग र कुदाकुद पनि अस्वाभाविक देखिए । दालमा कुछ गडबडी
छ भन्ने लाग्यो र त्यसैले टुंगोमा पुग्न तीन, चार महिनाअघि सकिएन ।’

तर, लामो समयदेखि चौधरी ग्रुपको वैदेशिक लगानी,व्यवसाय र कारोबारमा विवाद रहेको समाचारले परराष्ट्रका कर्मचारीलाई पेश भएका कागजातको पूर्ण अध्ययन गर्न बाध्य बनाएको बुझिएको छ । स्रोतका अनुसार ‘चौधरी गु्रपको डलर कारोबारबारे विगतमा आएका समाचारले हामी सम्पूर्ण कागजातको सुक्ष्म अध्ययन गर्न बाध्य भयौं । यिनका हस्याङ्ग फस्याङ्ग र कुदाकुद पनि अस्वाभाविक देखिए । दालमा कुछ गडबडी छ भन्ने लाग्यो र त्यसैले टुंगोमा पुग्न तीन, चार महिनाअघि सकिएन ।’

नीति योजना र गैह्रआवासीय नेपाली महाशाखाका शाखा अधिकृत सविता नकर्मी, प्रेम गौतम, उपसचिव बिष्णु गौतम र सहसचिव कुमार खरेलले कैफियतको आशँका राखेपछि सचिव शंकर बैरागी आफैले पनि यो केसलाई टेकओभर गरी गम्भीरतापूर्वक थप अनुसन्धान अघि बढाएका थिए ।

नेपाली मूूलका विदेशीले एनआरएनको हैसियत प्राप्त गर्न आफ्नै पुरानो नागरिकताको फोटोकपीसँगै मातापिता वा हजुरबा, हजुरआमाको नागरिकताको फोटोकपी राखेर आवेदन गर्नुपर्छ । साथै निजले ग्रहण गरेको विदेशी नागरिकता र राहदानीको प्रतिलिपिसँगै नेपाली नागरिकता परित्यागको प्रमाणपत्र पनि संलग्न गर्नुपर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नागरिकता त्यागेपछि प्राप्त हुने आत्मसमर्पण (सरेण्डर) पत्रसमेत संलग्न गर्नुपर्छ  ।

त्यसैगरी दुई वर्षभन्दा बढी समय विदेशमा व्यवसाय गरेर बसेका नेपालीलाई पनि एनआरएनको हैसियत दिने व्यवस्था रहेको बताइएको छ । चौधरीपुत्रहरू पनि युएई अर्थात संयुक्त अरब इमिरेट्समा रियल इस्टेट र केन्या, मरिससलगायत विभिन्न ठाउँका लगानीको नाममा भीसा र बिदेशमा आर्थिक कारोवार देखाएर यहि कानुनी व्यवस्थाबाट एनआरएन कार्ड नविकरण गर्न सफल भएका हुन् ।

बिनोद चौधरी नेपालको रातो राहदानीवाला माननीय, उनको नाममा कारोवार देखिन भएन, त्यसैले छोराहरुलाई अघि सारेर यता र उताको आम्दानीलाई यो रूपमा बैधानिकता दिइएको श्रोतको दावी छ ।

– हरि गजुरेल