अन्तरवार्ता भिडियो

नेपालको राज्यको तर्फबाट औपचारिक रुपमा भूभाग हाम्रो हो भनेर दाबी गर्न २०४ वर्ष लाग्योः गिरिराजमणी पोखरेल[भिडियो]

नेपालको राज्यको तर्फबाट औपचारिक रुपमा भूभाग हाम्रो हो भनेर दाबी गर्न २०४ वर्ष लाग्योः गिरिराजमणी पोखरेल[भिडियो]

नेपाल आजसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कोरोना भाइरसको माहामारीको कारण शिक्षा क्षेत्रमा परेको असरबारे कुराकानी गर्नुभयो। उहाँले नयाँ नक्साको बारेमा २५ वर्ष अघि नै पत्ता लागेको र कसरी शिक्षा क्षेत्र अगाडी बढ्छ भन्ने कुरा बताउनुभयो ।

प्रस्तोताद्धारा सोधिएको केही प्रश्न र उत्तरहरु तल दिइएको छः

समष्ट शिक्षा क्षेत्रलाई लिनुभएको छ , यो कोभिड प्यान्डेमिकको समयमा ?

शिक्षा सँगै विज्ञान प्रविधि मन्त्रालय पनि छ र हाम्रो चाहीँ शिक्षा विज्ञान प्रविधि मन्त्रीको रुपमा हिजोका दुइवटै मन्त्रालयको जिम्मेवारी छ । यो कोभिड भन्ने जुन नयाँ भाइरस आयो ,यसले चाहीँ एउटा विश्व माहामारी फैलायो र अहिले यो महामारीसँग सबै लडिरहेका छन् र नेपाल पनि लडिराखेको छ । म चाहीँ कसरी हेर्छु भने जतिखेर यो विभिन्न देशमा संक्रमण बढिराखेको थियो, विभिन्न देशका घटनाक्रमहरु, त्यहाँका बन्दाबन्दीहरुको अवस्थाहरुको बारे जानकारी लिएकै कारणले मैले चाहीँ १ देखि ९ सम्मको चै ५गतेसम्म परिक्षा सक्ने र ६ गतेदेखि हाम्रो एस.ई.ई को परिक्षा थियो । चिनबाट आएको एउटा पोजेटिभ केस थियो तर मूल रुपमा संक्रमण थिएन त्यसकारणले चाडै शैक्षिक क्षेत्र बिग्रिन नदिने, त्यसलाई सम्हाल्ने भनेर लागेकै थिएँ ।

यहाँको नेतृत्वमा विभिन्न प्रविधिको प्रयोग गरेर शिक्षामा नयाँ आयाम ल्याउने प्रयास ष्रियो तर सरकारले चैत महिनाको शुल्क नलिदिनु भनेर आह्वान् गरेको भएर विद्यालयहरुलाई अप्ठ्यारो परेकोले बन्दै गर्नुपर्ने अवस्था आएको छ भन्छन् । यसमा तपाई के भन्नुहुन्छ ?

म उहाँहरुको अप्ठ्यारे बुज्छु किनभने विद्यार्थीबाट शूल्क लिएर नै विद्यालय चल्ने हो । सरकारी शिक्षा र निजी शिक्षाको फरक चाहीँ निजी शिक्षाको लागि शूल्क तिर्छु भनेरै गएको हुन्छ । त्यसकारणले उहाँहरुले शूल्क उठाउन पाउनुहुन्छ । तर यो बेलामा कुन शूल्क लिने र कुन नलिने भन्ने कुरामा एकरुपता कायम हुनुपर्यो ।

भनेपछि नक्साको सत्य स्थापित गर्नको लागि चाहीँ २५ वर्ष लाग्ने रैछ ?

यति वर्ष लाग्ने रैछ भन्दा पनि ढिलो चाडो सत्य चाहीँ सत्य स्थापित हुने रैछ भनेर बुझौँ । यो थुप्रै विवादको बीचबाट हामी अगाडी बढेका छौँ । अझै हामीले धेरै मेहेनत गर्नुपर्ने छ । राज्यको कोणबाट चै २०४ वर्षमा सुगौली सन्धी भएको थियो हामी किन २५ वर्ष भन्ने । मूल डकुमेन्टको आधारमा नेपालको राज्यको तर्फबाट औपचारिक रुपमा हाम्रो हो भनेर दाबी गर्न २०४ वर्ष लाग्यो ।

पुरै अन्तर्वाता हेर्नको लागि तलको सामाग्री हेर्न नभुल्नुहोला ।