मनोरञ्जन

ऋषि धमलाको श्रीमतीले अर्को फ्लिम खेल्न पाइन कि पाइनन् !

ऋषि धमलाको श्रीमतीले अर्को फ्लिम खेल्न पाइन कि पाइनन् !

एलिजा गौतम धमला नेपालकी लोकप्रिय अभिनेत्री हुन् । उनी धेरै जसो प्रख्यात पत्रकार ऋषि धमालाकी पत्नीको रूपमा परिचित छन् । उनीको जन्म सेप्टेम्बर १९९३ सालमा भएको थियो । उनका एक छोरा एरिक र एक छोरी एरिका छिन् ।

आज भन्दा १ वर्ष पहिले एलिजाले फ्लिम अनुराग बाट डेवयु गरेर फ्लिमी क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनका श्रीमान ऋषि धमला त्यस फ्लिमको निर्माता समेत थिए । आफ्नै श्रीमानद्धारा निर्माण गरिएको भएर उनलाई फ्लिमी क्षेत्रमा प्रवेश गर्न सजिलो भएको कुरा समेत चर्चामा औको थियो । श्रीमतीलाई हिरोईन बनाउनकै लागि धमलाले पनि फ्लिम निर्माण गरेको होकी भन्ने पनि अनुमान लगाउन सकिन्छ । एलिजा गौतमले नायिका बन्नको लागि अविवाहित हुनुपर्छ भन्ने कुरालाई भने कडा प्रस्तुतिकासाथ गलत सावित गरेकी छिन् ।

पहिलो फ्लिम अनुरागमा निकै राम्रो प्रस्तुति दिएकी एलिजाले अहिले सम्म देस्रो फ्लिममा भने अभिनय गरेकी छैनन् । उनले फ्लिम खेल्न फेरि पनि धमला नै निर्माता बन्नुपर्ने हो त ? फ्लिममा अभिनय नगरेपनि एलिजाले ‘आधा कपाल’ नामक म्युजिक भिडियोमा भने आफ्नो प्रस्तुति देखाइसकेकी छिन् ।

अहिले उनी ‘आटो पिठो खाइन्छ’ नामक म्युजिक भिडियाृेमा नायक पल शाहसँग सहकार्यमा व्यस्त छिन् ।