समाचार विदेश Breaking News मुख्य समाचार राजनीति

अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट 

अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट 

विश्वले संयुक्त राज्य, युरोप र चीनकोबीचमा सम्बन्धमा आएको अनौंठो परिवर्तनको सामना गरिरहेको छ । जसलाई कोभिड-१९ को संकटकले थप चर्काएको युरोपियन थिंक ट्यांकहरुले बताएका छन् । 

ट्रान्साटलान्टिक सम्बन्धमा पनि तनाव बढ्दै गएका बेलामा चीनको आक्रामक 'पार्टी-राज्य' 'वुल्फ वारियर' कूटनीति, मर्केंटिली व्यापारिक व्यवहार, र आन्तरिक सामाजिक दमनलाई तीव्र बनाउने जस्ता थुप्रै क्षेत्रहरु फराकिलो बनाएको विज्ञहरुले बताएका छन् । 

यी प्रवृत्तिले अमेरिकी र युरोपेली धारणा र चीनसँग अन्तर्क्रियामा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ । 

अमेरिका-चीन सम्बन्धमा एसिया सोसाइटी सेन्टर, बर्टेलस्मेन स्टिफ्टुङ र जर्ज वाशिङटन विश्वविद्यालयको चिनियाँ नीति कार्यक्रमले अमेरिक र युरोपेली दृष्टिकोण, र चीनसँगको सम्बन्धमा आएको परिवर्तनको विषयमा  संयुक्त रुपमा  रिपोर्ट सार्वजनिक गरेको छ । 

उक्त रिपोर्टका अनुसार चीनसँग सम्झौता गर्नु एक निकै चुनौतीपूर्ण काम भएको जनाइएको छ । व्यापार र लानीका क्षेत्रको चासो, चिनियाँ प्रविधिको चुनौती, बीआरआई, चीनमा मानवअधिकार उल्लंघन, चीन र विश्वव्यापी शासन, सुरक्षा क्षेत्रमा चुनौती रहेको उक्त प्रतिवेदनले जनाएको छ । 

ट्रम्प प्रशासनमा विश्वसनीयतामाथि प्रश्‍न उठाउँदै युरोपियनहरुले चीनसँग सम्बन्ध बढाएको र चीनले थप समस्या सिर्जना गरेको छ । अमेरिका-चीन सम्बन्धमा पनि अविश्वास पैदा भएको र चीनले जासुसी गर्ने गरेको पाइएको छ । 

अमेरिकाले पनि आफू शक्तिशाली भएको दम्भका कारण अन्य मुलुकहरुमाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेकोकारण युरोप, अमेरिका र चीन सम्बन्धमा संकट पैदा भएको हो । 

https://www.bangladeshlivenews.com/home/article-details/20828/world//