समाचार विदेश Breaking News मुख्य समाचार समाज

सरकारविरुद्ध 'इनफ इज इनफ' : कोरोना नियन्त्रण प्रभावकारी नभएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

सरकारविरुद्ध 'इनफ इज इनफ' : कोरोना नियन्त्रण प्रभावकारी नभएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

जेरुसलेम । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरसले उग्र रुप लिएपछि काठमाडौंमा करिब दुईहजा भन्दा बढी युवाहरु स्वस्फुर्त सडमा उत्रिए । 

सरकारले कोरोना संकटमा समेत भ्रष्टाचार गरेको, पीसीआर परीक्षणको दायरा नबढाएको, जनताको समस्यामा ध्यान नदिएको भन्दै 'इनफ इज इनफ' मार्फ सरकारविरुद्ध सडकमा हजारौं युवाहरु उत्रिएका थिए । प्रदर्शनकारीलाई लखेट्ने, अश्रु ग्यास र पानीको फोहरा प्रहार गर्ने काम भयो ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने मागसमेत राखेका थिए । सरकारले आफूसँग गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै काठमाडौंमा इनफ इज इनफमा अभियन्ता अहिले पनि अनसनमा छन् । उनले सरकारले सम्झौता पालना गर्नुपर्ने माग राखेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । 

त्यसैगरी यसै प्रकृतिको आन्दोलन इजरायलमा सुरु भएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारी नीति प्रभावकारी नभएको भन्दै इजरायलमा हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । 

'इनफ इज इनफ' भन्दै राष्ट्रपति बेन्जामिन नेतान्याहुविरुद्ध प्रदर्शन गरेका हुन् । सरकारको नीतिका कारण मुलुकका आर्थिक मन्दी, बेरोजगारी र भ्रष्ट्राचार एवं अनियमितता बढेको भन्दै हजारौं मानिस सडकमा निस्किएर विरोध प्रदर्शनमा उत्रिएका हुन् । 

सरकारविरुद्धको प्रदर्शनका क्रममा आज १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले ल्याएको संक्रमण नियन्त्रण र राहत वितरणको नीति प्रभावकारी नभएको र राहत प्राप्तीमा भइरहेको ढिलाईले सर्वसाधारण प्रभावित भइरहेको भन्दै जेरुसेलममा हजारौंको संख्यामा मानिसहरु जम्मा भई विरोध गरेको अलजजिराले उल्लेख गरेको छ ।

सरकारले ल्याएको राहतको नीतिले जनताको जीविकोपार्जन दिन प्रतिदिन कठिन बन्दै गएको उनीहरुको आरोप छ । 

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउनुपर्ने र महामारीका कारण रोजगारी गुमाएकाहरुको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरुले माग गरेका छन् । 

प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा प्रहार गर्नुका साथै लाठी प्रहार गरिएको थियो ।