समाचार

नयाँ पार्टी गठन भए ओलीको यस्तो रणनीति

नयाँ पार्टी गठन भए ओलीको यस्तो रणनीति

नेपाल कम्युनिष्ट पार्टीमा सत्ता संघर्ष उत्कर्षमा पुगेको समयमा पार्टी फुट्ने चर्चा चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टी फुटाउन कसरत गरिरहेको चर्चा नेकपा भित्र नै चल्ने गरेको छ।

नयाँ पार्टी गठन भए ओलीको यस्तो रणनीति रहेको बताईन्छ।

१. नेकपा एमाले नाम कायम गर्ने र सूर्य चुनावचिन्ह लिने।

२. मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई केन्द्रीय सैद्धान्तिक आधार बनाउने र पूर्व एमाले पंक्तिलाई आकर्षित गर्ने।

३. राष्ट्रपति विद्यादेवी भण्डारी एवं मदन भण्डारीका छोरीहरुलाई केन्द्रीय संगठनमा राखी व्यापकरुपमा देश दौडाहा गराउने।

४. मन्त्रिपरिषद् पुनर्गठन गरी प्रचण्ड र माधव नेपाल पक्षका प्रभावशाली नेताहरुलाई तान्ने।

५. डा बाबुराम भट्टराई, सीपी मैनाली, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे लगायतका कम्युनिष्ट नेताहरुसँग पार्टी एकता र कार्यगत एकताको लागि छलफल चलाउने र गर्ने।

७. भारतविरोधी सेन्टिमेन्टको भरपुर उपयोग गर्ने र अर्को चुनावमा एक्लै बहुमत ल्याउने गरी काम गर्ने।

८. लोकप्रिय कामहरूको घोषणा गर्ने र प्रचार गर्ने।