समाचार

ओलीका नेपथ्यका सारथी !

ओलीका नेपथ्यका सारथी !

बाहिर त्यति धेरै चर्चामा नरहेका र चर्चामा आउन नचाहाने महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टसको मस हुन नदिने भूमिका खेलिरहेको बताईन्छ।

पूर्व कानून मन्त्री समेत रहेका खरेल महान्यायाधिवक्ता हुन्।

खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेमा नेकपा एमाले र चुनाव चिन्ह सूर्य आफ्नो बनाउने सक्ने कानुनी व्याख्या, सुझाब र तर्क ओलीलाई दिएको बताइन्छ।

महान्यायाधिवक्ता खरेलले सांसदहरुलाई तान्न लबी र एमाले दर्ता गर्ने भूमिका निर्वाह गरेको बताइन्छ। खरेलको सुझाव अनुसार प्रधानमन्त्री ओलीको निर्देसनमा संसद महेस बस्नेतको सक्रियतामा नयाँ पार्टी दर्ता गर्ने प्रकिया अगाडी बढेको बताईन्छ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार रहने र महान्यायाधिवक्ता खरेल आफ्नै पार्टीका नेता रहेको कारणले गर्दा ओलीको नजिक भएर काम गरिरहेका छन्। उनी ओलीको गृहजिल्ला झापाका हुन् र निकै प्रिय रहेको बताइन्छ।