विदेश

जोइ बाइडेनले भने - निर्वाचित भएमा भारत सम्बन्ध उच्च प्राथमिकतामा र एच१-बी भिसा निलम्बन फुकुवा गर्ने

अमेरिकी राष्ट्रपतीका डेमोक्रेटिक उमेदवार जोइ बाइडेनले आफू राष्ट्रपतिमा निर्वाचित भएमा भारतसँगको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वउपराष्ट्रपतिसमेत रहेका जोइ बाइडेनले आफू राष्ट्रपतिमा निर्वाचित एच-१बी भिसा निलम्बनलाई फुकुवा गर्ने बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले एन १ बी भिसासहित विदेशीहरुलाई अमेरिकामा रोजगारीको लागि दिइने अन्य कैयौं प्रकारका भिसा निलम्बन गरेका थिए । ट्रम्पले एच १ बी भिाको दुरुपयोग रोक्न पनि निर्देशन दिएका छन् । यसअघि ट्रम्पले अप्रिलमा एच १ बी भिसा प्रक्रिया स्थगित गरेका थिए । सोही स्थगनको अवधि बढाएर यो वर्षको अन्त्यसम्म पुर्याइएको हो ।

भिसासम्बन्धी नयाँ प्रतिबन्धपछि यस वर्षको अन्त्यसम्म ५ लाख २५ हजार रोजगारीमा असर पर्ने बताइएको छ । 

अमेरिकाले एच१बी भिसा निलम्बन गर्दा यसको प्रत्यक्ष असर अमेरिकामा रहेका भारतीय प्राविधिकहरुलाई परेको छ । तर, जोइ बाइडेनले भने एच१बी भिसाधारीहरुले अमेरिकामा पुर्‍याएको योगदानको प्रशंसा गर्दा उनीहरुलाई समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, "विभिन्‍न कम्पनीमा रहेका एच१बी भिसा धारीहरुले नै मुलुक बनाएका हुन् । मैले एकदिन एक करोड १० लाखभन्दा बढी नागरिकहरुलाई नागरिकता दिनुपर्ने कानुन पास गर्नेछु ।" उनले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकोसमेत बताएका छन् । उनले भने, "अमेरिका र भारत प्राकृतिक मित्र राष्ट्रहरु हुन् । भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौं ।