राजनीति

बैठक सुरु नहुँदै किन बैठक स्थगित ?

बैठक सुरु नहुँदै किन बैठक स्थगित ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी समितिको बैठक अनिश्चितकालका निम्ति स्थगित गराउन आफ्ना प्रेस सल्लाहकार तथा पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापालाई लगाएका हुन् । सूचना जारी भईसकेको अवस्थामा पनि नेताहरु बैठकस्थलमा भेला भएका छन् ।

सहभागीहरु प्रधानमन्त्री कार्यालयको ३ नम्बर गेटमा नाम टिपाएर बैठक हलमा प्रवेश गरेको बताइन्छ । प्रधानमन्त्रीद्धारा दिइएको सूचना निरासा व्यक्त गर्दै प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बैठक एकपक्षीय रुपमा स्थगित हुँदैन र यस्तै चाला हो भने अबका बैठकहरु बालुवाटार नभएर पार्टी कार्यालय धुम्बाराहीमा बस्न थाल्नेछ भनी तत्कालै प्रतिक्रिया जनाएका थिए ।

नेकपाको विवादका कारण एक पक्ष बैठकमै सहभागी नहुने सम्भावना पनि छ । यसरी नेकपाको विवाद नयाँ मोडमा पुगेको छ ।