समाचार

ओलीले बामदेबलाई घरै पुगेर के भने?

ओलीले बामदेबलाई घरै पुगेर के भने?

नेकपामा सत्ता संघर्ष उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमको घरैमा गएर भेटघाट गरेका छन्। नेता गौतमले आज प्रधानमन्त्री ओलीलाई सजिलो हुनेगरी मेलमिलापको प्रस्ताव सार्वजनिक गरेका छन्। नेता गौतमको उक्त प्रस्ताव आएलगत्तै प्रचण्ड- माधवकुमार नेपाल समूह छाडेर ओली तर्फ गएको धेरैको बुझाई छ।

ओलीले मंगलबार बोलाएको बोलाएको स्थायी समिति बैठक एकतर्फी रुपमा स्थगित गरेका थिए। उनले बामदेव गौतमलाई पार्टी अध्यक्ष हुने र आफूले सरकार चलाइराख्ने प्रस्ताव गरेको बुझिएको छ।

ओलीले प्रचण्ड- माधवकुमार नेपाल समूहको छाया बनेर केही लाभ पाइदैन र उनीहरुले गौतमलाई कुनै पद नदिने कुरा बताए। मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई प्रचण्ड- माधवकुमार नेपाल समूहले नमानेको र मदन भण्डारी माथि घात गरेको आरोप लगाए। ओलीले मदन भण्डारी गौतमको साथी रहेकोले र आफ्नो स्वास्थ्य अवस्था कमजोर भएकोले जबजलाई अंगाल्दै पार्टीको नेतृत्व गर्ने प्रस्ताव गरेको बुझिएको छ।

ADVERTISEMENT