अर्थ

लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल

लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल

सङ्खुवासभा । करदाता सेवा कार्यालय खाँदबारी आर्थिक वर्ष २०७५/७६ को तुलनामा यस आर्थिक वर्ष २०७६/७७ मा ६८.६४ प्रतिशत बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ । गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत लाभकरलगायतका शीर्षकबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ती शीर्षकमा कूल १४ करोड ६७ लाख राजश्व सङ्कलन भएको थियो ।/

करदाता सेवा कार्यालय खाँदबारीमा हाल व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या पाँच हजार ७६६, व्यावसायिक लेखा नम्बर लिने करदाता चार हजार ६६८ रहेको र ७४९ जना सेवाग्राहीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको कर अधिकृत राजन विकले जानकारी दिनुभयो ।

लामो समयदेखि मुलुक कोभिड १९ का कारण लकडाउन भएसँगै राजश्व उठाउनसमेत सरकारलाई हम्मेहम्मे परिरहेको बेला करदाता सेवा कार्यालय सङ्खुवासभाले भने यस आवमा बढी राजश्व उठाउन सफल भएको हो । (साउन)