अपराध सुरक्षा

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

गाईघाट। एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् । जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए । गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।(रासस)