समाचार

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर कालोधन !

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर कालोधन !

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीको स्विजरल्याण्डको बैंकमा पत्नी राधिका शाक्यसहित संयुक्त खाता भएको र सो खातामा करोडौं रुपैयाँ रहेको खुलासा भएको छ ।

'ग्लोबल वाच एनालिसीस'ले ओलीले यस्तो खुलासा गरेको हो । उनले बार्षिक ६ करोड रुपैयाँ लाभांशका रुपमा लिनेसमेत गरेको खुलासा भएको हो ।

कर छलीका लागिसमेत प्रयोग हुने बैंकका रुपमा परिचित उक्त बैंकमा ओलीको रकम देखिएको हो । ग्लोबल वाचका अनुसार पत्नी राधिका शाक्यसहित संयुक्त नाममा खोलिएको उक्त खातामा ५.५ मिलियन डलर निक्षेप राखेका छन् भने सेयरमासमेत लगानी गरेका छन् ।

सेयरमा गरिएको लगानीबाट आएको लाभांशले ओलीको सम्पति पछिल्ला केहि वर्षमा ह्वात्तै बढेकोसमेत ग्लोबल वाचले दाबी गरेको छ ।

स्विजरल्याण्डमा आफ्नो आम्दानीको स्रोत देखाउनु नपर्ने र कर सम्बन्धी नियम पनि लचक भएकोले 'टेक्स हेभन' का रुपमा हेरिने गरिन्छ।