समाचार

शिवसेना नेपालद्वारा कपिलवस्तुमा राँके जुलुस प्रदर्शन

शिवसेना नेपालद्वारा कपिलवस्तुमा राँके जुलुस प्रदर्शन

काठमाडौं । वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन चर्काइरहेको शिव सेना नेपालले शनिबार कपिलवस्तुमा विशाल राँके जुलुश निकालेका छन् ।

शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाका अनुसार मसाल जुलुशमा हजारौंको संख्यामा शिव सैनिकहरु सहभागी थिए । हातमा मसाल बोकेका शिव सैनिकहरुले ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता मान्दैनौं,गणतन्त्र जान्दैनौं’ ‘शिव सेना जिन्दावाद,’ ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता राष्ट्रवादी नाराहरु जुलुशमा लागेको थियो ।

शिव सेना नेपालका केन्द्रीय सदस्य अनिल जयसवाल, कपिलवस्तुका जिल्ला अध्यक्ष भिष्म ढुंगाना, नगरअध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा राँके जुलुस निकालिएको थियो ।

शिव सेनाले पछिल्लो समय अनवरतरुपमा राँके जुलुश निकाल्दै आएकोछ । केही स्थानमा निकालिएका जुलुसमा प्रहरी हस्तक्षेप समेत भएको छ ।