कभर स्टोरी

भारतले १९१६ को सुगौली सन्धि नमाने नेपाल मानिरहन बाध्य छैन- पूर्वमन्त्री लालबाबु पण्डित

भारतले १९१६ को सुगौली सन्धि नमाने नेपाल मानिरहन बाध्य छैन- पूर्वमन्त्री लालबाबु पण्डित

काठमाडाैं । पूर्वमन्त्री लालबाबु पण्डितले भारतले १९१६ को सुगौली सन्धि नमानेको खण्डमा नेपालले मानिरहनु पर्ने बाध्यता नरहेको प्रष्ट पारेका छन् । नेपाल आजसँग कुरा गर्दै पूर्वमन्त्री पाण्डेले यस्तो बताएका हुन् । १९६२ मा चीनसँगको लडाई हारेर फर्केर आउँदाखेरि आराम गर्नका निम्ति केहि समय लिएको नेपाली भूमिलाई अहिले आफ्नो भूमि दावा गर्नु भारतको कुतर्क भएको उनले बताए ।

'१८१६ को सुगौली सन्धि र त्योसँग जोडिएका अन्य पुरक सन्धिहरु पनि छन् । तयसको आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका ३ वटा बस्तीहरुसहित नेपालको भूभाग हो । नक्सामा केहि कारणले गर्दा छुट भएको थियो । त्यो पहिले पनि नक्सामा थियो ।' उनले भने- 'सम्झौताहरुले पनि त्यहि कुरा भन्छ । पछि भारतले चाहि १९६२ मा चीनसँगको लडाई हारेर फर्केर आउँदाखेरि आराम गर्नका निम्ति केहि समय लिएको हो र अहिले आफ्नो भूमि दावा गरिरहेको सन्दर्भमा यो भारतको कुतर्क छ ।

भारतले कुतर्क गरेरै १८१६ को सुगौली सन्धि नमानेको अवस्थामा नेपालले उक्त सन्धि मनिरहन कुनै बाध्यता नहुने उनले बताए । ' १८१६ को सुगौली सन्धि र त्योसँग पुरक सन्धिहरु जुन दुई देशको बिचमा भएका छन् त्यसलाई हामीले मानिराखेका छौं । त्यो बाध्यकारी हाम्रो इच्छाबिपरित गरिएको सम्झौता हो, तैपनि हामीले मानिराखेका छौं।' उनले भने -''१८१६ को सुगौली भारतले मान्दैन भने हामीले मान्नुपर्ने बाध्यकारी स्थिति हुदैन ।त्यस्तो स्थिति भयो भने नेपालमा उठिरहेको ग्रेटर नेपाल भन्ने १८१६को सुगौलीसन्धिभन्दा अगाडिको भूभाग जुन टिस्टा र काँकडासम्म पुगेको छ त्यो भूभाग पनि नेपालकै हो भनेर हामीले दावा गर्नुपर्ने स्थिति हुन्छ र कानुनी, बैधानिक रुपमा पनि हामी त्यो ठाउँमा पुग्नुपर्ने स्थिति आउछ ।' 

आफ्नो खुम्चिएको भूभागमा नेपालले आफ्नो अधिकार खोज्दा भारतले थिचोमिचो, जबर्जस्ति सेना उतार्ने र कब्जा गर्न खोज्ने रबैया देखाए त्यो कदम पन्चशिलको सिद्धान्त, अन्तराष्ट्रिय सिमाहरुको मान्यता र सुगौली सन्धि बिपरित हुने उनले प्रष्ट पारे । यस्तो अवस्थामा भारतको लुटाहा, हेपाहा, चेपाहा प्रवृति नसच्चिए नेपालले भन्दा भारतले कयौ गुणा ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था आउनसक्ने उनको चेतावनी छ । सिमा विवादकै कारणले नेपाल नाकाबन्दी व्यहोर्नुपर्ने अवस्था आइलागे पनि त्यसको सामना गर्न नेपाली जनता तयार रहेको उनको बुझाई छ । हेर्नुहोस भिडियो