समाचार

भरतपुर अस्पतालमा उपचाररत ६८ वर्षेीय कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत ६८ वर्षेीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान ७ : ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

उनी गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा उपचाररत थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

विशेष