समाचार

चितवनमा स्वास्थ्यकर्मीसहित एकैदिन थपिए २३ संक्रमित

चितवनमा स्वास्थ्यकर्मीसहित एकैदिन थपिए २३ संक्रमित

भरतपुर । चितवनमा एकै दिन २ जना स्वास्थ्यकर्मी सहित २३ जानामा कोरोना भइरस संक्रमण देखिएको छ। भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गत शुक्रबारर र शनिबार संकलन गरिएका ३ सय ९ नमूनामध्य २३ जनामा कोरोना भइरस संक्रमण देखिएको हो।

परीक्षणमा नवलपुरका ५, चितवनका १७ र धादिङका एक जनामा संक्रमण देखिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए। उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको तिवारीले जानकारी दिए।

यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। यसअघि यहाँ १० जना कोरोना संक्रमण देखिएको थियो। तीमध्ये ३ जनाले कोरोनालाई जितेर घर गइसकेको उनले जानकारी दिए।

विशेष