समाचार

चीनलाई ताइवानमा समस्या

चीनलाई ताइवानमा समस्या

लस एन्जेल्स। चीनले हाङकाङ पश्च्यात् अब ताइवानमाथि ध्यान केन्द्रित गरेको छ। अ

मेरिकी युद्धपोतले चीन म्यानल्याण्ड र ताइवानलाई जोड्ने ताइवान स्ट्रेटमा डेरा जमाएको छ। चीनले हाङकाङ सरह ताइवान पनि एक देश दुई व्यवस्था प्रणाली अन्तर्गत पर्ने औं उसले आवश्यकता परेमा बलको प्रयोग पनि गर्न सक्ने दाबी गरिरहेछ।

अमेरिकाले जबदेखि यस स्वशासी ताइवानी द्वीपलाई आधुनिकतम अस्त्र-शस्त्र बेच्नु शुरू गरेको छ, चीनले अहिलेसम्म कुनै आक्रामक कारबाही गर्न त सकेको छैन तर शान्तिले पनि बस्न सकिरहेछैन।

चीनले अमेरिकाको यस कारबाहीको भरसक निन्दा गर्दै उसको भित्री मामिलाहरूमा हस्तक्षेप बताएको छ, यसबीच ताइवानले अमेरिकाको पक्ष लिँदै यो नियमित र सामान्य ड्रिलिङको एक हिस्सा हो भनेको छ। यसका साथै ताइवानी लड़ाकू जहाज र पनडुब्बी अमेरिकी युद्धपोतको सुरक्षामा जुटेका छन्।

यूएस प्रशान्त फ्लीट यूएसएस रसेल एक आर्लेघ बुर्के डेस्ट्रोयरको नामले चर्चित छ। अमेरिका र चीनबीच जबदेखि कोरोना महामारी संकटलाई लिएर विवाद चरम सीमामा पुगेको छ, चीनले हाङकाङ र ताइवान दुवै स्थानमा स्वाधीनताको लड़ाई लड़िरहेका युवा र छात्रहरू विरूद्ध दमनकारी आक्रामक कारबाही शुरू गरेको छ।

बिहीबार हाङकाङ र ताइवान, दुवै ठाउँ छात्र र युवाहरूले मैनबत्ती बालेर 1989 मा थिनमन चौकमा चीनी सेनाको दमनकारी कारबाही विरूद्ध 31औं वर्षगाठमा मार्च निकालेर एकजूटताको सन्देश दिए। यसमा चीनी पुलिसले हाङकाङमा शान्तिपूर्ण प्रदर्शनकारीहरूमथि खोर्सानी पाउडर छर्केर उनीहरूलाई तितर-बितर गर्ने प्रयास गऱ्यो। हिन्दुस्थान समाचार/भवानी

विशेष