समाचार

थप २ सय ७८ जनामा कोरोना संक्रमण

थप २ सय ७८ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । जसमध्य १९५ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२  पुगेको जानकारी दिएका हुन् ।

नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टाम ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ सय ३३ जना डिस्चार्ज भएका छन्।