समाचार

कोरोना राहत कोषमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको एक लाख सहयोग

कोरोना राहत कोषमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको एक लाख सहयोग

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले कोरोना रोकथाम उपचार तथा राहत कोषमा १ लाख सहयोग गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिष्ठानले १ लाखको चेक हस्तान्तरण गरेको हो ।

सिङो देश कोरोना महामारी विरुद्ध लडिरहेको बेला सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुंगेलले बताउनु भयो ।

२०७१ साल भदौ ३० गते हृदयघातबाट निधन हुनु भएका तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको नाममा गठित प्रतिष्ठानले विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम गर्दै आएको छ ।