डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु, के हाे कारण ?

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु, के हाे कारण ?

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए । राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको विष्टले बताए । आफुहरु घटनास्थल गइरहेकाे उनकाे भनाइ छ ।

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।

संम्बधित खबर