समाचार

२०२० को कलेज र विश्वविद्यालयको प्रवेश परीक्षा सुरक्षासम्बन्धी भिडियो र टेलिफोन सम्मेलन

२०२० को कलेज र विश्वविद्यालयको प्रवेश परीक्षा सुरक्षासम्बन्धी भिडियो र टेलिफोन सम्मेलन

लासा । बेइजिङमा  ११ जून, २०२० कलेजको प्रवेश परीक्षा सुरक्षा कार्यसम्बन्धी राष्ट्रिय टेलिभिजन सम्मेलन सम्पन्‍न भएको छ । तिब्बत शाखा बैठकमा तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष तथा जिल्ला प्रवेश परीक्षा समितिका निर्देशक सी मौजुन उपस्थित भएका थिए ।

राष्ट्रिय सम्मेलनपछि जिल्लामा कलेज र विश्वविश्वविद्यालयको प्रवेश परीक्षाको सुरक्षाका लागि भिडियो र टेलिफोन सम्मेलन भएको थियो । राष्ट्रिय सम्मेलनको भावना कार्यान्वयन अनरुप जिल्लामा प्रवेश परीक्षा सुरक्षाको व्यवस्थापन गरिएको थियो । 

बैठकमा प्रवेश परीक्षा परीक्षार्थी र अभिभावकको महत्त्वपूर्ण चासोसँग सम्बन्धित भएको र सामाजिक चिन्ता अधिक भएको औंल्याइएको थियो । निष्पक्ष र शैक्षिक समानताको कार्यान्वयनका साथै सामाजिक सद्‌भाव र स्थायित्व कायम गर्न, महामारीको स्थितिलाई रोकथाम तथा नियन्त्रण गर्नुका साथसाथै प्रवेश परीक्षाको सुरक्षालाई पनि ध्यान दिन आवश्यक भएको विषयमा बैठकमा छलफल भएको थियो । 

बैठकले सबै क्षेत्र र विभागलाई उनीहरूको सोचाइ एकिकृत गर्न, प्रवेश परीक्षाको सुरक्षाको लागि जिम्मेवार र निर्णयको दृढतापूर्वक कार्यान्वयनमा जोड दिएको छ । त्यसैगरी पार्टी केन्द्रीय कमिटी,राज्य परिषद तिब्बत स्वयत्त क्षेत्रका पार्टी कमिटी र सरकारहरुलाई प्रवेश परीक्षाहरूलाई यस वर्षकै महत्त्वपूर्ण कार्य बनाउन आग्रह गरिएको छ ।