डोजी सिजु नेतृत्वको टोलीद्वारा सियाङसिओङ मइडो सांस्कृतिक पर्यटनमा भइरहेको निर्माण कार्यको अनुगमन

डोजी सिजु नेतृत्वको टोलीद्वारा सियाङसिओङ मइडो सांस्कृतिक पर्यटनमा भइरहेको निर्माण कार्यको अनुगमन

तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष डोजी सेजु नेतृत्वको अनुसन्धान टोलीले ११ जूनमा लासा सहरको दुलोङदेछिङ जिल्लास्थित सियाङसिओङ सांस्कृतिक पर्यटन क्षेत्रमा भइरहेको पर्यटन संरचना र सहयोगी परियोजनाको निर्माण कार्यको अनुगमन गरेका छन् ।  

उनले उक्त क्षेत्रको औद्योगिक ले-आउट, सञ्‍चालन प्रबर्द्धन र पर्यटकको स्वागतका बारेमा पनि बुझेका थिए । 

अनुसन्धान टोली इक्‍वेस्ट्रियन पर्मिङ आर्ट सेन्टर, लिंका जिल्ला, वानमु फ्लावर सी, हट स्प्रिङ रिसोर्ट होटेल, थिम प्लेग्राउन्ड र अन्य क्षेत्रमा पुगेर कार्य प्रगति विवरणबारे गहन जानकारी लिएको थियो । 

अनुसन्धान टोलीले पार्टी समिति र स्वायत्त क्षेत्रको सरकारले पर्यटन र सांस्कृतिक उद्योगको विकासमा ठूलो महत्त्व दिएको जानकारी गराएका थिए । सियाङसिओङ मेइडो वेनयु सहर पर्यटन संसाधन सम्पन्‍न भएको र विकासको ठूलो सम्भावना भएको बताइएको थयो । 

अनुसन्धान टोलीले प्राकृतिक दृश्य पूर्वाधार निर्माण र सहयोगी परियोजनाहरूको निर्माण बढाउन, वैज्ञानिक र यथार्थपरक प्रारुपको योजना बनाउन, सेवाहरूको गुणस्तरमा बृहत्तर सुधार गर्न, उच्च-मापदण्ड र उच्चस्तरीयको सांस्कृतिक पर्यटन सांस्कृतिक परियोजनाहरू सिर्जना गर्न र यो सहर तिब्बतमै आकर्षक स्थान बनाउने प्रयासमा जोड दिन सम्बन्धित विभागलाई आग्रह गरेको छ ।  

दृढ शक्ति, प्रतिस्पर्धा र प्रतिष्ठाका साथ दर्शनीय ठाउँहरूले तिब्बतको पर्यटन अर्थलाई समृद्ध तुल्याउने र यस क्षेत्रमा सांस्कृतिक पर्यटन उद्योगको उच्च-गुणस्तरको विकासलाई प्रोत्साहित गर्ने उनले बताएका थिए ।

संम्बधित खबर