समाचार

सिन्जियाङमा थ्री न्यु क्याम्पेन सुरु, पालना नगर्नेलाई पक्राउ गर्ने धम्की 

सिन्जियाङमा थ्री न्यु क्याम्पेन सुरु, पालना नगर्नेलाई पक्राउ गर्ने धम्की 

अक्सु राज्यका अधिकारीहरुले चीनको उत्तरपश्चिमी स्वायत्त सिन्जियाङ उइगर क्षेत्रका उइगर परिवारलाई उनीहरुको आँगन विभाजन गर्ने कडा नियमको पालनाका लागि बाध्य पारिरहेका छन् । स्रोतका अनुसार यसरी उक्त कडा नियमको पालना नगर्नेहरुलाई नियन्त्रणमा लिएर नजरबन्द शिविरमा राख्ने धम्की दिएका छन् । 

छिमेकीको स्वच्छ र सुन्दरताको सुनिश्चितताका लागि स्थानीहरुले आँगनलाई पुशपालन, तरकारी बगैँचा र बरण्डामा विभाजन गर्नुपर्ने भन्दै तीन छुट्टाछुट्टै अभियानहरु सञ्चालन गरिएको अक्सु डेलीले दाबी गरेको छ । 

यो नयाँ अभियान गत वर्ष सञ्चालन गरिएको ‘सानसिन होउदाङ’ अभियानको सफलतापछि सुरु गरिएको हो । जसमा उइगर र अन्य अल्पसंख्यक मुस्लिम समुदायले आफ्नो घरमा भएको पुराना रग र तकियाहरु छोडेर सोफा, बेड र डेस्क राखेर आधुनिक बनाउनुका लागि भएको उक्त लेखमा उल्लेख गरिएको छ । 

‘थ्री न्यु क्याम्पेन’ का लागि एक साताको समय दिइएको थियो भने कतिपय अवस्थाहरुमा दुई अथवा तीन दिनको समय दिइएको थियो । 

उक्त अभियानको पालना नगर्नेलाई प्रहरीले नियन्त्रमा लिएर चौकीदारी काम गराइएको सन् २०१९ मा आफ्नो परिवारसहित भाग अमेरिका पुगेकी जुमरत दाउतले बताएकी छन् । 

स्थानीयहरुले भने त्यो नयाँ अभियानमा भनिएको अनुसार गर्न निकै कठिन हुने बताएका छन् ।