समाचार

सरिता गिरीको समर्थन र सरकारको बिरोधमा गौरमा प्रदर्शन (भिडियोसहित)

सरिता गिरीको समर्थन र सरकारको बिरोधमा गौरमा प्रदर्शन (भिडियोसहित)

मधेसका युवाहरुले सरकारको विरोधमा राैतहटको गाैरमा प्रदर्शन गरेका छन्।

जनता समाजबादी पार्टीक नेतृ तथा संधिय सांसद सरिता गिरिको घरमा तोडफोड गरेको बिरोधमा  गाैरका युवाहरुले सडकमा उत्रेका हुन् । 

गौरको मधेश क्रान्ति चौक विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । आन्दोलनमा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै उभिएर  केही बेर विरोधका नारा लगाएका थिए । 

ओलि देउवा राष्ट्रिय घाती हुन , गिरी  होइनन् लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए । 

कोरोना र गिरीको बिबाद्लाइ लिएर सरकारको चौतर्फी विरोध सुरु भएको छ । 

गाैरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।