राजनीति

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनी सोमबार सवा १० बजे राष्ट्रपति निवास शितल निवास पुगेका थिए । शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सवा एक घन्टा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्‍डारीलाई सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे रिपोर्टिङ गरेको अधिकारीले बताए । प्रधानमन्त्री ओ‌ली सेना परिचालनको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिसँग भेटवार्ता गरेको अड्कालबाजी गरिए पनि राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उक्त विषयमा कुनै छलफल नभएको बताए ।