विशाखापत्तनममा ग्यास लीकले अहिलेसम्म 8 को मृत्यु

विशाखापत्तनममा ग्यास लीकले अहिलेसम्म 8 को मृत्यु

विशाखापत्तनममा विषालु ग्यास लीकले अहिलेसम्म 8 जनाको मृत्यु भईसकेको छ जबकि 246 भन्दा अधिक पीड़ितको अलग-अलग अस्पतालमा उपचार चलिरहेछ। बिहीबार आन्ध्र प्रदेशका पुलिस महानिदेशक गौतम सावनले पत्रकारहरूलाई भने, 'घटनाको जानकारी पाउनसाथ पुलिस र राजस्व विभागका कर्मचारी वेङ्कटापुरम गाउँमा पुगे औं बचाव कार्य शुरू गरे। यी जवानहरूले घरहरूको ढोका तोड़ेर 800 भन्दा अधिक मानिसलाई बाहिर निकाले औं अलग-अलग अस्पतालहरूमा भर्ती गराए। यसमध्ये धेरैलाई उपचार पश्च्यात् छूट्टी दिइयो तर ताजा समाचार अनुसार, 246 जनाको अहिले पनि अस्पतालमा उपचार चलिरहेछ। अहिलेसम्म आठ जनाको मृत्यु भईसकेको छ'।

उद्योग मन्त्री गौतम रेड्डीले आरोप लगाउँदै भने, 'प्राथमिक जाँच अनुसार, एलजी पोलीमर्स परिसरस्थित ट्याङ्करमा 18 टन स्टाइरिन ग्यास थियो। कम्पनीले लापरवाही गर्दै लकडाउनमा यस ट्याङ्करको कुनै मेन्टेनेन्स गराएको थिएन'। यसबीच बचाव टीमले कारखाना नजिकको वेङ्कटापुरम गाउँलाई खाली गराएको छ। यिनीहरूलाई छेवैको पाठशाला र सिम्हाचलमको धर्मशालामा आश्रय दिइएको छ।


उल्लेख्य, विशाखापत्तनममा बिहान 3 बजीतिर एलजी पोलीमर कम्पनीमा स्टाइरीन नाम गरेको ग्यास लीक भएको घटना घटेको छ। गहिरो निद्रामा अचानक मानिसहरूलाई सास लिनमा समस्या, आँखा पोल्नु, वान्ता, टाउको दुःखेपछि हड़कम्प मचियो। केही त भाग्दै सड़कमा निस्केको समय नै सड़कमै मुर्छा परे।

हिन्दुस्थान समाचार/भवानी

संम्बधित खबर