विदेश

बङ्गालमा केवल 10 घण्टामा 100 करोड़को मदिरा विक्री

बङ्गालमा केवल 10 घण्टामा 100 करोड़को मदिरा विक्री

पश्चिम बङ्गालमा पनि मदिरा मन पराउने व्यक्तिहरूको कुनै कमी छैन। केन्द्र सरकारको निर्देशपछि राज्य सरकारले सोमबारदेखि मदिरा पसलहरू खोल्ने अनुमति दियो। मंगलवार पनि सॉंझको समय मदिरा पसलहरू खोलियो। दुई दिन मिलाएर लगभग 10 घण्टाभित्र 100 करोड़को मदिरा भएको छ। राज्य आबकारी सूत्रहरूले उक्त खबरको पुष्टि गरेका छन्। मंगलबारको दिन 65 करोड़को मदिरा बिक्री भएको थियो।

मदिरा विक्रेताहरू अनुसार सोमबार अपराह्न तीन बजीदेखि मदिरा विक्री गर्ने अनुमति दिइयो। यदि दिउॅंसोदेखि नै पसल खोल्ने अनुमति पाएको भए 125 करोड़भन्दा धेरै मदिरा विक्री हुने थियो। प्राप्त जानकारी अनुसार राज्यभरि 2500 मदिरा पसल छन्, जसमा 1700 देखि 1800 पसल खुल्ला छन्। हावड़ा र कोलकाताका कतिपय संक्रामक जोनमा मदिरा पसलहरू बन्द छन्। कोरोनाका कारण अतिरिक्त आयलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल सरकारले मदिराको विक्रीमा 30 प्रतिशत अतिरिक्त विक्रय कर लगाएको छ। 9 अप्रेलको दिन नै यस सम्बन्धमा अतिरिक्त निर्देशिका जारी गरिएको थियो।

सोमबार पहिलो दिन मदिरा पसलहरू खुलेपछि लाइनमा बस्ने व्यक्तिहरूबीच कुटाकुट समेत भएको थियो। स्थितिलाई नियन्त्रित गर्न पुलिसले लाठीचार्ज पनि गरेको थियो। मदिराको निम्ति मानिसहरूलाई बिहानदेखि राती 10 बजीसम्म लाइनमा उभिएको देखियो।

हिन्दुस्थान समाचार/भवानी

ADVERTISEMENT