कभर स्टोरी

माफियाको खेताला स्वास्थ्य विभागका असफल महानिर्देशक

माफियाको खेताला स्वास्थ्य विभागका असफल महानिर्देशक

काठमाडाैं । मुलुक कोरानाको कहरमा छ । यस्तो संकटको घडीमा समेत केहि लुब्ध र द्रव्य पिचास कर्मचारी, मेडिकल माफियाहरु चाहिँ कमिसनको चक्करमै रुमल्लिरहेका छन् । खोजे र सोचेजस्तो कमिसन नमिलेकै कारण स्वास्थ्य सामाग्री खरिद प्रक्रिया चार महिनादेखि अनेक बाहनामा अल्झाइरहेका छन् ।

गत माघ २५ गतेदेखि अघि बढेको स्वास्थ्य सामाग्री खरिद प्रक्रिया ५ महिना बितिसक्दा पनि गुमनाम छ। उक्त टेण्डर प्रक्रियासँगै डा. रोशन पोखरेललाई मन्त्रालयमा तानेर मेडिकल माफियाहरुको सेटिङमा महेन्द्रमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको (हाकिम) महानिर्देशक बनाइयो  । नेपालमा गत २३ जनवरीमा कोराना संक्रमित बिरामी भेटिएसँगै स्वास्थ्य सेवा विभागले टेण्डर प्रक्रिया अघि बढाएको थियो । टेण्डर प्रक्रियामा सहभागी हुन् नेपालका व्यवसायिक औषधि कम्पनीहरुले बुझाएको कोटेशन अढाई महिनासम्म महानिर्देशक श्रेष्ठले घर्रामा थन्काएको आरोप औषधि व्यवसायीहरु लगाउँछन् ।

४५ दिनपछि पहिलो कोटेशन रद्ध गरी ११ चैत्रमा अर्काे टेण्डर खोल्यो र टेण्डर खोलेको केहि घण्टा नबित्दै ओम्नी ग्रुपले टेण्डर हत्यायो । झण्डै डेढ करोडमा ओम्नीसँग गरेको टेण्डर पनि धेरै टिकेन । ४८ प्रतिशतभन्दा मंहगोमा गरिएको मेडिकल सामान खरिदको सम्झौता फेला परेपछि २५ चैत्रमा ओबिसिआई (ओम्नी) सँगको मेडिकल सामान खरिद सम्झौता रद्द भयो । यो कम्पनीलाई कालोसूचीमा राख्नबाट जोगाउने ढंगले उनै महानिर्देशक श्रेष्ठले पत्र पठाएको चर्चा सार्वजनिक खरिद अनुगमनका कार्यलयका कर्मचारीहरु सुनाँउछन् ।

स्वास्थ्य सामाग्री खरिददेखि स्वास्थ्य संस्थाका लागि जनशक्तिको आवश्यकता तोक्न र छोटो तथा दीर्घकालीन योजनाहरू तयार गरी त्यस्ता जनशक्तिको विकास गर्ने काम बिभागकै हो । अझ स्रोतहरूको उचित व्यवस्थापन गरी क्षेत्रीय स्तरमा लागूपदार्थ, उपकरण र अन्य सामग्रीहरूको आपूर्ति सुनिश्चित गर्ने जिम्मा पनि बिभाग अन्तर्गत नै पर्छ । तर बिभागमा महानिर्देशक श्रेष्ठ भने यी जिम्मेवारी पुरा गर्न सकिरहेका छैनन् ।

माफियाको खेताला !

श्रेष्ठलाई माफियाहरुको प्रयोजनकै लागि नै बिभागको महानिर्देशक बनाइएको आरोप लाग्न थालेको छ । २०५० साल यता बिभागको महानिर्देशकको जिम्मेवारी मेडिकल डाक्टरले सम्हाल्दै आएकोमा यसपटक भने राजनीतिक पँहुचका आधारमा श्रेष्ठले त्यो जिम्मेवारी पाएको चर्चा बिभाग र स्वास्थ्य मन्त्रालयमा चल्ने गरेको छ । श्रेष्ठ पढाइका हिसाबले कमजोर नभए पनि उनी मेडिकल डाक्टर भने होइनन् । एचए, बिपिएच र एमपिएच पढेर बिभागको महानिर्देशक बनेका उनी कार्यसम्पादनमा निक्कै कमजोर बनेका छन् ।  यस्तो बिशेष परिस्थितिमा मनोबल उच्चबनाएर स्वास्थ्य कर्मीहरुलाई उचित परिचालन गर्नुको साँटो उनीहरुको मनोबल घटाउने काम श्रेष्ठले गरिरहेको चिकित्सकहरुको आरोप छ ।

नेपाल सरकारले जिटुजी अर्थात सरकार सरकारबीच सम्झौता गरी सेनामार्फत मेडिकल सामाग्री भित्राउने निर्णय गरे पनि सामाग्री चीनमै अल्झिएको अबस्था छ । सरकारले सेनालाई मेडिकल सामाग्री भित्राउने जिम्मा दिएकै साता उनै महेन्द्रलगायतले अर्काे टेण्डर खोल्न भ्याए । ३२ करोड बराबरको स्वास्थ्य सामाग्री खरिदका लागि विभागले टेण्डर मात्र खोलेन की ५ वैशाखसम्ममा ५ कम्पनी मेडिकल सामाग्री खरिद गर्न इच्छुक देखिए पनि महाशक्ति सप्लायर्स र पाइनियोर होल्डिङलाई यो प्रक्रियामा छिर्न नै दिइएन् । महेन्द्रहरुकै जोडबलमा लुम्बिनी हेल्थ केयर प्रालि, ओम सर्जिकल कन्सर्न प्रालि र हाम्रो मेडिकल कन्सनले सामान खरिद गर्ने जिम्मा पाए । यी तीन कम्पनीले १५ दिनभित्र अर्थात २० वैशाखभित्र मेडिकल सामाग्री बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख थियो । 

तर आजको मितिसम्म पनि लुम्बिनी बाहेकका अरु दुई कम्पनीले सम्झौता अनुसार सामग्री स्वास्थ्य सेवा विभागमा बुझाएका छैनन् । यी दुई कम्पनीहरुले सरकारले दिएको छुटमा चीनबाट मेडिकल सामाग्री लिएर आए पनि त्यो सामाग्री विभागलाई नबुझाएर कालोबजारी गरि बजारमा पठाएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु सुनाउँछन् ।
सम्झौता अनुसार मेडिकल सामाग्री नबुझाएको भन्दै विभागले तेश्रो पटकसम्म सामान बुझाउन आउ भन्दै पत्राचार गरेको छ तर त्यो पनि झारा टराई शैलीमा ।

यसरी मेडिकल सामाग्री नबुझाउनेमध्येका एक हुन रामशरण भण्डारी उनी हेम्स अस्पतालका लगानीकर्ता र ओम मेडिको कन्सर्नका सञ्चालक । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका हाकिम आपूर्ती शाखाका कर्मचारीहरुको मिलेमतोमा यसरी चीनबाट ल्याइएको मेडिकल सामाग्री बुझाउन आनाकानी गर्ने दुई व्यापारीलाई सुनपानी छर्केर चोखाउने प्रयाश हुँदैछ ।

कोरानाको कहरमा समेत स्वास्थ्य सामाग्री खरिदमा बच्चाको भाँडाकुटी खेलजस्तो कच्चा काम गर्ने र कमिसनकै चक्करमा अल्झने यस्ता विवादास्पद कर्मचारीहरुका कारण अहिले स्वास्थ्यमन्त्री मात्र होइन सिंगो सरकार नै बदनाम हुँदैछ ।

र यो पनि,

ओम्नीलाई नियम विपरित २० करोड भुक्तानी दिन नमानेपछि केशव प्रसाई गलहत्याइए

स्वास्थ्य सेवा बिभागका महानिर्देशक भन्छन- कोरोना नियन्त्रणमा सरकारले राम्रो कम गर्न सकेन

स्वास्थ्य सेवा विभागका महानिर्देशकले जबर्जस्ति करारमा पठाएका डाक्टरलाई कोरोना संक्रमण