विचार

रवि लामिछाने, लाटा देशका गाँडा तन्नेरी

रवि लामिछाने, लाटा देशका गाँडा तन्नेरी

बिक्रम पाण्डे, पिएचडी न्यूयोर्क

हुन त माथिको शिर्षक देख्नेले पुरा समाचार नहेरी अश्लिल गाली-गलौज शुरु गर्छन् । जसको कारण हो हाम्रो नेपाली समाजमा अझैपनि उस्तै परम्परावादी अन्धो संस्कार कायम रहेको देखिन्छ ।

यतिबेला भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विरुद्दमा नेपालमा राजनीतिक, संचारक्षेत्र तातेको छ । यसैक्रममा पछिल्लो समय अतिक्रमणको बारेमा न्यूज ट्वेन्टीफोर टीभीका रवि लामिछानेले भारतबाट प्रोफेसर एस.डी. मुनी, भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पिएचडी, पुर्व राजदुत प्रधुम्न बिक्रम शाह, लेखक विश्लेषक टीका ढकाल लगायतसँग बहस, अन्तरवार्ता गरेका थिए ।

सीधाकुरा जनतासँगको उक्त बहस, अन्तरवार्तापछि देश - विदेशका नेपालीहरुले रवि लामिछानेलाई जयजयकार तथा सामाजिक संजालबाट हिरो सम्मान दिएको देखिन्छ । लाग्छकी लामिछानेले अतिक्रमण कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि फिर्ता गरेका छन्, एक्लो लडाईं गरेका छन् ।

एक भारतीय बुद्धिजीवी तथा जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्रोफेसर, दक्षिण एसियाका विज्ञ एवं नेपाल मामलाका विशेष जानकार मानि एस.डी. मुनी र भारतीय सेनाको पूर्व जर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहतासँग बहस, अन्तरवार्ता गरे भन्दैमा लामिछानेलाई जय जयकार तथा हिरो सम्मान दिनुले हाम्रो युवा जमात, नेपाली समाजमा परम्परावादी अन्धो संस्कार कायम रहेको वा अशिक्षित हो भन्ने गम्भिर प्रश्न उठेको छ ।

लामिछानेले एस.डी. मुनी र अशोक मेहतासँग अशुद्द अंग्रेजीमा गरेको बहस, अन्तरवार्तालाई युवा जमात, नेपाली समाजले जति जयजयकार गरेपनि उता एक जना भारतीयले पनि उक्त अन्तरवार्ता सुनेका छैनन् । यहाँसम्मकी उक्त अन्तरवार्ता मुनी र मेहताका परिवारले समेत सुनेका छैनन् । उनी दुबै जनाका परिवारलाई संपर्क गर्दा उक्त कुरा बताएका थिए ।

बि.बि.सी नेपाली सेवाले पहिला माओवादी दन्द्दकालमा होस् वा नेपालका मिडियाले अहिलेसम्म विश्लेषकका रुपमा भारतीय पक्षबाट सधैं बहस, अन्तरवार्ता लिने यि २ जना व्यक्ति हुन् । यि व्यक्तिले नेपालीको पक्ष, विपक्षमा जस्तोसुकै अन्तरवार्ता दिएपनि भारतमा कुनै महत्व नै हुँदैन किनकी यि २ जनाका बहस, अन्तरवार्ता आफ्नो परिवारले त सुन्दैन भने अरु भारतीयका त कुरै छाडौ ।

लामिछानेले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा अन्तर्वाता लिनु नराम्रो होइेन्, एसडी मुनी, अशोक मेहतासँग अन्तर्वाता लिनुपर्छ उनिहरु नेपालका जानकार हुन् तर उनिहरु सामान्य व्यक्ति हुन् जसले भारतको कुनै पनि सरकारी, राजनीतिमा ०.१ प्रतिशत पनि प्रभाव पार्दैन् । लामिछानेले भारतको प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाह वा कुनै प्रभाशाली नेतासँग अन्तरवार्ता, बहस चलाएपनि युवा जमात, नेपाली समाजले जयजयकार गर्नु उचित देखिदैन् ।

विश्वमा कुनै पनि टीभी च्यालनले सिमा समस्या, कूटनीतिक विवादका बारेमा राष्ट्र प्रमुख, नेतासँग अन्तरवार्ता लिएका देखिन्छन् तर पत्रकारलाई जयजयकार गरेको देखिदैन् । न्यूज ट्वेन्टीफोर टीभीले चाहेमा वा सकेमा वा भारतीय राजदुतबास, विदेश मन्त्रालय मार्फत अनुरोध गरेमा जतिबेला पनि नरेन्द्र मोदी, राजनाथ सिंह, अमित शाह वा कुनै प्रभाशाली नेतासँग अन्तरवार्ता लिनसक्छ । तर नेपालका मिडियाले अहिलेसम्म त्यहाँसम्म पहुच प्रर्दशन गरेको देखिदैन। र यो मात्र नभएर नेपालका मिडियाले अहिलेसम्म कुनैपनि बाहिरी देशका राष्ट्र प्रमुखसँग अन्तरवार्ता लिएको देखिदैन र ईतिहास छैन् ।

समग्रमा भारतले अतिक्रमण गरेको नेपाली भुमिको बारेमा लामिछानेले गरेको अन्तर्वाता, भनाई ठीक छ, किनकी राष्ट्रको लागि सबै नागरिक एक साथ छन् तर उसले गरेका सामान्य काममा जयजयकार तथा हिरो सम्मान दिनु कदापी उचित होइेन् ।

नेपाल, युरोप, अमेरिका बस्ने भन्दा अरब खाडी, जापान, कोरिया, अष्ट्रेलियामा रहेका हाम्रा नेपाली दिदिबहिनी- दाजुभाईहरुले लामिछानेलाई बढी जयजयकार गरेको देखिन्छ। अरब खाडी, जापान, कोरिया, अष्ट्रेलियामा रहेका नेपालीलाई लामिछानेले के गुन लगाएका छन् र यसरी जस्तो सुकै गल्ती गरेपनि लामिछानेको जयजयकार गर्ने ?

अब जाउ अरब खाडी तिर, 'टक शो' संचालन गरेर 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड' मा नाम लेखाउँन सफल न्यूज ट्वेन्टीफोर टीभीका रवि लामिछाने २०७३ असोजमा नेपाल टेलिभिजनको ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ बाट हटाईपछि एका-एक सबैबाट साहनुभुती, समर्थन पाए । जुन एका-एक सबैबाट पाएको साहनुभुतीले उनी लाटा देशका गाँडा तन्नेरी हुने मौका पाए --- त्यो लगतै न्यूज ट्वेन्टीफोर टीभीमा नयाँ कार्यक्रम ‘सीधाकुरा जनतासँग’ संचालन गरे । साहनुभुती पाएका लामिछानेले सीधाकुरा जनतासँग शुरु भएदेखि अहिलेसम्म आवाज ठुलो गरे तर काम जिरो छ ।

उनले कहाँ के गरे ? उनी आफैंले भन्न सक्दैनन् । हुनत टेलिभिजनमा पत्रकारको काम कराउने, चिचाउने त हो । मिडिया मार्फत समाचार आएपछि सरकार, सरोकार निकायले अरब खाडीमा दु:ख पाएका होस् कि काठमाडौंमा पैसा खाएका म्यान पावरलाई कारबाही गरेका छन्, गर्नुपर्छ । तर लामिछानेले गरेको काम भनेको; न्यूज ट्वेन्टीफोर टीभीबाट सरोकार निकाय, राजदुताबासलाई म्यान पावरलाई कारबाही गर्न र खाडीमा दु:ख पाएकालाई नेपाल ल्याउन पर्‍यो भनेर दैनिक जस्तो फोन गर्ने काम मात्र गरेका हुन् । खाडी, जापान, अष्ट्रेलियाबाट समस्या परेका नेपालीले दिएको विवरण अनुसार कारबाही नगरे वा सहयोग नगरे लामिछानेले टेलिभिजनको प्रयोग गरी आफुलाई समस्या पार्ने डरले ति सरोकार निकाय, राजदुताबासले काम कारबाही कार्यान्वयन गर्दै आएका छन् ।

अचम्मको कुरा त लामिछाने गत वर्ष जुन महिनामा दुबईमा दु:ख पाएका नेपालीलाई उद्दार पहल गर्न र यस्तै मे महिनामा नेपाली विद्यार्थीहरुको समस्या सुन्न, बुझ्न पहल गर्न भनेर अष्ट्रेलियामा गएका थिए । त्यहाँ लामिछानेलाई हिरो स्वागत गरियो लाग्थ्यो कि लामिछानेले युएई र अष्ट्रेलियाका सरकार प्रमुखसँग भेटेर, अन्तरवार्ता लिएर सबै भन्दा ठुलो वैदेशिक समस्या र विधार्थी समस्या हल गरे । तर उनले त्यहाँ केही गरेनन्, नेपाली राजदुतबासमा जमघट गरे, कार्यक्रममा ठुला-ठुला कुरा गरे, त्यहाँबाट प्रत्क्षय लाईभ गरे, युएईमा बन्दी परेका नेपालीलाई यो ठाउँमा छन् भन्दै बाहिर रोडबाट लाईभ गरे । तर पछि त्यहाँका नेपालीहरुले लामिछाने आएर बेकारमा कार्यक्रम गर्न, खान, बस्न आवातजावत खर्च मात्र गराई दिएको बताएका थिए । त्यहाँका ति नेपालीले डरै डरमा बताएका थिए की- लामिछानेको टिप्पणी समाजिक संजालमा लेखे... लामिछानेका समर्थकले अश्लिल गाली-गलौज गर्छन्, वा अर्को दिन लामिछानेले टेलिभिजनमा मार्फत बेइज्जती गर्छन् ।

हुनत खाडी मुलुकमा नेपालीहरु भन्दा बढी दु:ख पाउनेमा भारतीय, पाकिस्तानी, बाङ्लादेशका नागरिक छन् । ति देशका सरकारले आफ्ना नागरिकलाई समस्या पर्दा तत्काल सहयोग, उद्दार गरेको देखिन्छ । तर नेपाल सरकार, राजदुताबास समयमा उतरदायी नहुँदा नेपालीहरुले टेलिभिजनबाट आफ्नो समस्या ठुलो आवाजमा पढाउन लामिछानेलाई संपर्क गर्छन् । त्यसपछि केही-केही नेपाली महिला, युवालाई आफुले उद्दार, सहयोग गरेको भनेर लामिछानेले समाचार बनाउन्छ । तर यतार्थमा सरकारी निकायको प्रयासबाट नै अहिलेसम्म खाडीमा दु:ख पाएका नेपालीहरु उद्दार, सहयोग हुँदै आएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता

नेपाल सरकारले यसअघि छुटेको भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको देशको आधिकारिक नक्सा जारी गरेको छ। ऐतिहासिक तथ्य हुँदाहुँदै पनि भारतले भने जारी नक्सा मान्य नहुने बताउदै आएको छ । भारतले नोभेम्बरमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । तर नेपालले अहिलेसम्म आधिकारिक नक्सा जारी, परराष्ट्र मन्त्रालयबाट कूटनीतिक नोट र प्रधान्मन्त्रीले संघीय संसदमा “भारतलाई सोध्ने छु– सत्यमेव जयते कि सिंहमेव जयते ?” भन्ने बाहेक अरु अहिलेसम्म कुनै कूटनीतिक प्रयास गरेको देखिदैन । नेपालको विदेश नीति यती कमजोर छ कि त्यहीबाट थाहा हुन्छ । भारतीय सेना आफ्नो भुमिमा छ, अहिलेसम्म भारतीय राजदुतलाई कूटनीतिक नोट दिनु बाहेक अन्य केही प्रयास भएको छैन् ।

आफ्नो भुमि छिमेकीले अतिक्रमण गर्दा यसरी मौन बस्ने देश शायद नेपाल होला । विश्वमा कुनै पनि देशले छिमेकीसँग सामान्य विवाद आएमा पनि सबै कूटनीतिक च्यानल बन्द गर्ने, आफ्ना देशका राजदुतलाई फिर्ता गर्ने, सम्बन्धित दूतावासका कर्मचारीलाई देश निकाला गर्ने लगायतका विरोध प्रर्दशन गरेका देखिन्छन् । नेपालले जब भारतले नोभेम्बरमा नक्सा जारी गरेको थियो, त्यो बेलामा नै आफ्नो देशको राजदुतलाई फिर्ता बोलाई, भारतीय दूतलाई २४ घण्टाको समय दिई देश निकाला गर्नुपर्ने थियो र अहिले गर्नुपर्छ । जुन कूटनीतिक प्रर्दशनले विश्व समुदायको ध्यान आकर्षित गर्न सक्थ्यो । नेपालले जारी गरेको नक्सालाई संयुक्त राष्ट्र संघमा पठाएर केही हुनेवाला छैन् । बच्चाले जस्तो गरी लामिछानेले एस.डी. मुनी र अशोक मेहतासँग अङ्रेजीमा अन्तर्वाता लिएर होइेन् कि नेपालले नेपाली भाषामा नै कडा कूटनीतिक प्रर्दशन गर्नुपर्छ । विश्वमा सबै देशले आफ्नो भाषामा नै कडा कूटनीतिक प्रर्दशन गर्छन् ।

कलाकार, पत्रकार, समाजसेवी

नेपालमा पछिल्लो समय वि.सं. २०७२ को महाभूकम्पपछि कलाकार, पत्रकार सबै समाजसेवी भएका छन् । धुर्मुस सुन्तली समुहले विदेशमा रहेका नेपालीहरुसँग भूकम्प पीडितलाई राहत, बसोबासको लागि भन्दै चन्दा उठाएर बस्तीमा बनाएर दिए । भूकम्प पीडितलाई बस्ती नै बनाईदिएपछि रातारात नसोचेको देश - विदेशबाट नेपालीहरुले धुर्मुस सुन्तलीलाई जय - जयकार, हिरो सम्मान गरे । सोही अनुसार दिन दिनै लाखौं - लाख आर्थिक सहयोग आउँदै गयो । उनिहरुले कलाकारको यात्राा भन्दा समाजसेवीको बाटो अपनाए । सोही अनुसार उनिहरुले दाना उठाएर भरतपुरमा ३ अर्बमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउदै छन् । सरकारले निर्माण गर्न सकेको छैन्, तसर्थ क्रिकेट रङ्गशाला बनाउनु नराम्रो कुरा होइेन् तर उनिहरुले यस प्रकारका रङ्गशाला परियोजना बैदसिक रोजगारीमा गएकाहरुसँग चन्दा मागेर भन्दा व्यापारी, उद्योगपतीको संयुक्त लगानीमा निर्माण गर्ने प्रयास गर्नुपर्थ्यो ।

उनिहरुले भूकम्पपछि धुर्मुस सुन्तली फाउण्डेशन एनजीओका नाममा भूकम्प पीडितलाई बस्ती निर्माण, रङ्गशाला भन्दै नियमित चन्दा उठाएका छन् । विश्वमा प्राय एनजीओले यस्तै सामाजिक सेवा दिने बहानामा कमाउने, आर्थिक हिनामिना गर्ने गरेको देखिन्छ । भुकम्प अगाडि देश विदेशमा एक कार्यक्रम गरेको १५, २० हजार कमाउने कलाकारको आर्थिक हैसियत सोचे भन्दा बढी भएको छ भनेर सामाजिक संजालमा आलोचना र नकारात्मक टिप्पणी गरेको देखिन्छ । ति आलोचना, टिप्पणी पछाडि लाग्नु भन्दा पनि यि हाँस्यकलाकारले नेता, अरुसँग चन्दा उठाएर समाजसेवी गर्ने धन्दा छोडेर निरन्तर कलाकारितामा लाग्नुपर्छ ।

पछिल्लो समय चन्दा उठाएर समाजवेसी गर्नेको कलाकार, पत्रकार, आफुलाई भ्रष्ट्रचार बिरुद्दका अभियान्ता भन्ने समुह सक्रिय छन् । कसैले चन्दा उठाएर कालिकोटमा रास्कोट सामुदायिक अस्पताल निर्माण गर्दैछन् । कलाकार, पत्रकार, आफुलाई भ्रष्ट्रचार बिरुद्दका अभियान्ता भन्ने समुह सबैले अरुसँग चन्दा उठाएर समाजसेवी र नेता बन्ने सोचाई- प्ररम्परा बन्द हुनुपर्छ । समाजसेवी हुनेले आफ्नै सम्पत्ति दान दिएर समाजसेवा गर्नुपर्छ । साथै कलाकार, पत्रकार, समाजसेवी, नेतालाई जयजयकार कसैले पनि गर्नु हुँदैन् । कलाकारले कलाकारिता गरोस्, पत्रकारले पत्रकारिता गरोस्, लुटनको लागि समाजसेवी धन्दा बन्द होस् ।