समाचार

मदिरा दोकान बन्द गरिने माग खारेज

मदिरा दोकान बन्द गरिने माग खारेज

सुप्रिम कोर्टले मदिरा दोकानहरूलाई बन्द गरिने माग गरिएको याचिकालाई खारेज गरेको छ।

कोर्टले याचिकाकर्ताको आलोचना गर्दै यस्ता याचिकाहरू केवल पब्लिसिटीको निम्ति दर्ता गरिने गरेको भनेको छ।

कोर्टले याचिकाकर्तामाथि 1 लाख रूपियाँको जरिमाना पनि लगायो। जस्टिस एल नागेश्वर रावको अध्यक्षता रहेको बेञ्चले भीडियो कन्फ्रेन्सिङको माध्यमले भएको सुनवाई पश्च्यात् जरिमाना लगाउने आदेश दिए। याचिका उकील प्रशान्त कुमारले दर्ता गरेका थिए।

याचिकामा मदिरा दोकानहरूमा लकडाउन पालन नभएको औं मदिरा दोकानहरूलाई बन्द गरिने निर्देश दिइने माग गरिएको थियो।

याचिकामा भनिएको थियो, 'कोरोना संक्रमित यस्ता धेरै जना छन्, जसमा कोरोनाको कुनै लक्षण देखा परिरहेछैन, यदि यस्ता मानिस मदिरा दोकानमा गए के हुनेछ?'।