समाचार

कोरोना संक्रमित एनआइसी एशिया बैंक पुगेको पुष्टी, बैंकका कर्मचारीलाई आइसोलेसनमा राखियो

कोरोना संक्रमित एनआइसी एशिया बैंक पुगेको पुष्टी, बैंकका कर्मचारीलाई आइसोलेसनमा राखियो

काठमाडौँ । एनआइसी एशिया बैंकको बाराको जितपुर शाखामा जितपुरमा कोरोना संक्रमण पुष्टी भएका व्यक्तिले नगद लिएर गएको पुष्टी भएपछि टेलरका सो कर्मचारीलाई आइसोलेसनमा लागिएको छ । जितपुरमा भेटिएका कोरोना संक्रमित चेक साट्न एनआइसी एशिया बैंक गएको र नगद लिएको प्रमाणित भएपछी प्रशासन बैंकमा पुगी कर्मचारीहरुलाई लिएर आइसोलेसनमा लागेको थियो ।

ती कर्मचारीसहित अन्यकोसमेत कोरोना परिक्षण गरिएको छ । यद्यपी रिपोर्ट आइसकेको छैन । जितपुरका एक कोरोना संक्रमित बैंक आएको पुष्टी भएपछि बैंक पुगेका अन्य ग्राहकहरु पनि त्राहिमाम भएका छन् । बैंकका एचआर प्रमुख कैलाश गौतमले कोरोना संक्रमित आफ्नो बैंकमा आएको पत्ता लागेपछि प्रशासन आएर बैंकको सिसिटिभी हेरेको र सीसी टिभीमा नीज संक्रमितलाई कर्मचारीले पैसा दिएको प्रमाणित भएपछि ती कर्मचारीलाई आइसोलेसनमा लगेको पुष्टी गरे ।

'कोरोना संक्रमित बैंक आएको पुष्टी भयो । त्यसपछि प्रशासनले बैंकमा आएर सीसीटिभी हेर्यो । सीसीटिभीमा हाम्रा कर्मचारीले उनलाई नगद दिएको देखियो । त्यसपछि ती कर्मचारीलाई प्रशासनकै सल्लाहमा आइसोलेसनमा राखिएको छ । बैंकका एचआर प्रमुख गौतमले भने, 'अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको छ तर रिपोर्ट आइसकेको छैन ।' 

एनआइसी एशिया बैंकमा चरम लापरवाही ! परिक्षण गरिएकाहरुको के छ अवस्था ?

एनआइसी एशिया बैंकमा यतिसम्म लापरवाही भएको छ कि बैंकका विभिन्न शाखाहरुमा न दुरी कायम भएको छ, न स्वास्थ्य सुरक्षालाई ध्यान दिइएको छ । शुक्रबार काठमाडौँमा खोलिएका अधिकांस शाखामा पनि दुरी कायम गरेको देखिएन । ग्राहकलाई अफ्ट्यारो पर्दासमेत बैंकका जिम्मेवार अधिकारीहरुले फोन नउठाएको पाइएको छ । यस विषयमा बैंकका एचआर प्रमुख गौतमले आफु आइतबार बैंकमा यस विषयमा कुरा राख्ने बताए । यता जितपुर शाखाका कर्मचारीको स्वास्थस्थिति भने सामान्य रहेको बुझिएको छ ।
 

विशेष