कभर स्टोरी

पुर्वाञ्चल विश्वविद्यालयमा नेपाली सेनाले यसरी तयार पार्यो १ सय ३५ बेडको क्वारेन्टाइन, भिडियोसहित

पुर्वाञ्चल विश्वविद्यालयमा नेपाली सेनाले यसरी तयार पार्यो १ सय ३५ बेडको क्वारेन्टाइन,  भिडियोसहित

काठमाडाैं । प्रदेश नम्बर १ मा रहेकाे पुर्वाञ्चल विश्वविद्यालयको छात्रावासमा नेपाली सेनाले १ सय ३५ बेडको क्वारेन्टाइन तयार पारेको छ । कोरोना संक्रमण आशंका भएका नेपालीहरुलाई उक्त क्वारेन्टाइनमा राखिने छ । बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन तयार भएको निर्माण कार्यको नेतृत्वकर्ता नेपाली सेनाका कर्णेल रघुनाथ पौडेलले जानकारी दिए ।

नेपाल आजसँगको कुराकानीका क्रममा उनले सामाजिक दुरी कायम गर्दै सबै हिसाबले बिश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण कार्य सकिएको बताए । 'कम्तिमा ३ टिफको दुरी कायम गरेर एक कोठामा २ जना रहनुहुनेछ । संगसंगै सबै कुरामा सामाजीक दुरी कायम गराउदै, त्यो प्राक्टिक्स गराउदै, खाना खादा खेरि होस् अथवा दैनिक व्यायाम, अरु क्रियाकलापहरु गर्दा होस् वा उहाँहरुले सौचालय प्रयोग गर्दा होस् वा सबै कुरामा जुन डब्ल्यूएचओ मापदण्ड छ त्यसलाई चाहिँ पुरा गरेका छौं ।' उनले भने ।

उक्त क्वारेन्टाइनमा रहने कोरोना संक्रमण आशंकितहरुलाई सबै सेवा सुविधाहरु दिइने उनले बताए । जसअनुसार दैनिक ४ पटक खाना, हप्ताको ४ पटक फलफुल,  पिउनका लागि युरोगार्डको पानी, बस्नका लागि बेड, ब्याल्ङ्केट र झुल तथा नुहाईधुवाईको लागि बाथरुम सौचालयको लागि उचित व्यवस्था गरिएको उनले जानकारी दिए ।

क्वारेन्टाइनको चारैतिर कडा सुरक्षा घेरा राखिएको छ । भारतबाट नेपाल फर्किन इच्छुक नेपालीहरुलाई सरकारले नेपाल ल्याएपछिउनीहरुका लागि पनि छुट्टै व्यवस्था गरेर क्वारेन्टाइनमा राखिने  कर्णेल पौडेलकाे भनाइ छ । हेर्नुहोस भिडियो