समाचार

मदिरा पार्टी गर्न अपार्टमेन्टमा जबर्जस्ति घुसेका थिए रवि लामिछाने

मदिरा पार्टी गर्न अपार्टमेन्टमा जबर्जस्ति घुसेका थिए रवि लामिछाने

काठमाडाैं । सोमबारको 'मदिरा पार्टी'मा रवि लामिछानेसहितको टीम जबर्जस्ति अपार्टमेन्टमा घुसेको रहस्य खुलेको छ । हात्तीवनमा रहेको सिटिस्क्याप अपार्टमेन्टमा सोमबार अनुराग कुँवरले आयोजना गरेको 'मदिरा पार्टी' मा चर्चित हास्य कलाकार दिपक गिरी, दिपा श्री निरौला, नायिका पुजा शर्मा, किरण केसी, उत्सब रसाइली र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित उनकी पत्नी निकिता पौडेल लगायत सहभागी भएका थिए ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त अपार्टमेन्टमा वाह्य मान्छेहरुलाई प्रवेश निषेध गरिएको थियो । तर लामिछानेसहित कलाकारहरु अपार्टमेन्टको सुरक्षार्थ खटिएका सुरक्षा गार्डलाई 'थर्काउदै' भित्र पसेको स्रोतले नेपाल आजलाई जानकारी दियो । केहिदिन अघि मात्रै पत्रकार ऋषि धमला समेत एक अन्तर्वार्ताका लागि उक्त अपार्टमेन्टमा पुगेका बेला भित्र प्रवेशमा रोक लगाइएको थियो ।

जनता समाजवादी पार्टीको अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद उपेन्द्र यादवको अन्तर्वार्ता लिन सिटिस्क्याप अपार्टमेन्ट पुगेका पत्रकार धमलालाई भित्र प्रवेशमा रोक लगाइएपछि उनले अपार्टमेन्ट बाहिर नै अन्तर्वार्ता लिएका थिए । 

नेताहरुको अन्तर्वाता लिन जान नपाउने गरी पत्रकारलाई समेत निषेध गरिएको उक्त अपार्टमेन्टमा लामिछानेसहितका मान्छेहरु जबर्जस्ति घुसेर मदिरा पार्टी गरेपछि त्यहाँका बासिन्दा आक्रोशित बनेका थिए । कोरोना जोखिमको बेला बाह्य मान्छेहरु जबर्जस्ति घुसेको भन्दै त्यहाँ बस्नेहरुले बिरोध जनाएका हुन् । लामिछाने आफ्नी पत्नी निकिता पौडेलसहित मदिरा पार्टीमा पुगेका थिए । 

त्यहाँ पार्टी गरेको तस्विर र भिडियो बाहिरिएपछि अहिले सामाजिक सञ्जालमा लामिछानेलगायतको आलोचना भएको छ । बिश्वभर फैलिएको कोरोना महामारीका कारण अहिले नेपाल पनि लकडाउन छ । यस्तो अवस्थामा अत्यवाश्यक काम बाहेक बाहिर नाकिस्किन सरकारले सबैलाई आव्हान गरेको छ । 

लकडाउनमा बस्न र कोरोना संक्रमणबाट जोगिन सरकारले पटकपटक आग्रह गरिरहेका बेला पनि कलाकार र सबैलाई 'आदर्श' को पाठ सिकाउदै आएका रवि लामिछानेलगायतका व्यक्तिहरुले अपार्टमेन्टमा 'मदिरा पार्टी' गरेका हुन् । त्यहाँ स्थानीयले के लोकप्रियताको नाममा रविले जे पनि गर्न पाउछन ? भन्दै आक्रोश पोखेका थिए । उनीहरुले रवि लामिछानेलाई कोरोना जोखिम बढाउने छुट छ र ? भनेर प्रश्न समेत गरेका छन् ।

केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि टन्न झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले सन्देश दिएका थिए । त्यतिबेला उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ समेत भनेका थिए ।

र यो पनि,


लकडाउनकाे खिल्ली उडाउँदै रवि लामिछानेसहित चर्चित कलाकारले देखाए यस्तो चर्तिकल, सामुहिक भोज खाएको तस्विर बाहिरिएपछि चौतर्फी बिरोध

लकडाउनमा रवि लामिछानेसहित कलाकारहरुको 'मदिरा पार्टी, होहल्ला मच्चाएको भन्दै अपार्टमेन्टवासीद्वारा बिरोध

ADVERTISEMENT