कभर स्टोरी

सरकारसँग मानवता नै भएन, विपतका बेला सरकार भ्रष्टाचारमा लिप्त भयो - ज्ञानेन्द्र शाही (भिडियोसहित)

सरकारसँग मानवता नै भएन, विपतका बेला सरकार भ्रष्टाचारमा लिप्त भयो - ज्ञानेन्द्र शाही (भिडियोसहित)

काठमाडाैं । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले अहिलेको केपी ओली सरकारसंग मानवीयता नै भएको टिप्पणी गरेका छन् । नेपाल आजसंग कुरा गर्दै शाहीले देश पुरै लकडाउन भएका बेला सरकार भ्रष्ट्राचारमा लिप्त भएको समेत आरोप लगाए ।

महामारीको बेला सत्ताधारीहरु कुर्सीको खेलमा लागिपरेको भन्दै उनले यस्तो परिस्थितिमा राजनीतिक अध्यादेश ल्याउने र फिर्ता गर्ने खेलले मुलूकप्रति सरकारको गैरजिम्मेवारी पन प्रष्ट देखाएको बताए ।

'यो मानवताहित बिपरित काम हो । बिश्व महासंकटमा छ महामारीमा छ । तर यिनीहरु सरकार परिवर्तन, कुर्सी तानातान गरिरहेका छन् ।' उनले भने -'यिनीहरुको क्रिटिसाइज गर्नु भनेको आफुले आफैलाई पागल साबित गर्नु हो। किनकी त्यो मानवताको लेबलमा उहाँहरु हुनुहुन्न ।'

अर्को प्रसंगमा उनले निवर्तमान नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल ओलीको इशारामा चलेको समेत बताए । 'केपी ओलीले जे भन्नुभयो उँहा (सर्वेन्द्र खनाल)ले त्यहि मान्नुभयो।  त्यो मानेअनुसार नै उहाँ प्रहरी प्रमुख बन्नुभयो । कार्यकाल पनि चलाउनु भयो । निर्मला हत्याकाण्ड अहिलेसम्म पत्ता लगाउनु सक्नु भएन ।' ' उनले भने 'नेपालको इतिहासमा यदि कसैले सबैभन्दा काम गर्न नसक्ने अफिसर भन्छ भने सर्वेन्द्र खनालको नाम जान्छ ।'

लकडाउनको ८ दिन प्रहरी हिरासतमा बितेको भन्दै उनले त्यसअघि र पछि भने अप्ठ्यारोमा परेकाहरुलाई राहत वितरणमै समय बितेको बताए । नागरिकको हितका लागि दैनिक काम गरिरहेको अवास्थामा सरकारले अनावश्यक दुख दिन राहत बाँडेको निँहुमा आफुलाई पक्राउ गरिएको समेत उनको दावी छ । हेर्नुहोस भिडियो:

ADVERTISEMENT