राजनीति

सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सालाई  पत्र लेख्दै गृह मन्त्रालयले  सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

 
सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय क्षेत्रमा पुगेका थिए । उनले त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीसँग भेट गरेका थिए । क्वारेन्टाइनमा रहेका व्यक्तिलाई भेट्न नपाइने व्यवस्थाविपरित सांसद यादवलाई उनीहरुले भेटेको पाइएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको गृह मन्त्रालयले स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयले सांसद यादवसँगै क्वारेन्टाइन क्षेत्रमा गएका र त्यसयता उनको सम्पर्कमा आएका व्यक्तिमाथि पनि निगरानी गरी आवश्यक परे क्वारेन्टाइनमा राख्न पनि जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय शहर रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा पुगेका थिए । उक्त ठाउँमा २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्येका १५ जना नेपाली छन् ।