प्रहरीको तलब काट्ने निर्णयको चौतर्फी विरोध

प्रहरीको तलब काट्ने निर्णयको चौतर्फी विरोध

नेपाल प्रहरीको हेडक्वार्टरले अधिकृतस्तरका प्रहरीको केही तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो।

दिनरात नभनि ड्युटीमा खटिने प्रहरीको तलब काटेर निरुत्साहित गर्ने मात्र काम भएको धेरैको गुनासो छ। न्यून तलबमा विपतसँग जुध्न अग्रमोर्चामा खटिरहेका सिपाहीको तलब भत्ता बढाउनुपर्ने माग यतिखेर प्रहरी सँगठनभित्र उठिरहेको छ।

सरकारले हालै कोरोना भाइरस रोकथामको लागि खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने बताएको थियो। उक्त निर्णय कार्यान्वयन गर्नुको साटो हेडक्वार्टरले तलब कट्टा गर्न पत्राचार गरेको हो।

संम्बधित खबर