समाचार विदेश

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइसियूमा भर्ना

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइसियूमा भर्ना

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसियूमा भर्ना गरिएको छ।

कोरोना भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि जोन्सनको मेडिकल टिमको सहल्लाहमा उनलाई आइसियूमा सारिएको प्रवक्तालाई उद्यृत गर्दै बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिएको ती प्रवक्ताले बताएका छन्।

मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा थिए।

ADVERTISEMENT