अर्थ

शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ

ज्वरो नाप्‍ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो । 

उनको साथबाट प्रहरीले ६७ जना थर्मल गन पनि बरामद गरिएको छ। नेपालका लागि किर्गिजस्तानका अवैतनिक दूत समेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्‍म लिएर बिक्री गरेका थिए। गत साता मात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ।

अपराध महाशाखाका एसएसपी शहकुल थापाले अग्रवालमाथि कालोबजारीको कसुरमा पक्राउ गरिएको बताए। आग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी आफै अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो।

ग्राहक बनेको प्रहरीलाई सामान पुर्याउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए। यस विषयमा अनुसन्धान भइरहेको थापाले बताए।

ADVERTISEMENT