राजनीति

दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह

दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन भएकाले लोकतान्त्रिक व्यवस्था मान्नेहरु सबैलेले लकडाउनका कारण दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

आह्वान पत्र मंगलबार सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवा नै राजनीतिकर्मीको धर्म हो भनेको कुरालाई स्मरण गर्दै सबैलाई दिनदुखीको सहयोग गर्न आव्हान गरेका छन् ।

जोशीले कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै सरकार र विश्व स्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत आव्हान गरेका छन् ।

ADVERTISEMENT