राजनीति

प्रधानमन्त्रीको सम्बोधन खोक्रो आत्मरती : नेतृ खनाल 

प्रधानमन्त्रीको सम्बोधन खोक्रो आत्मरती : नेतृ खनाल 

नेपाली कांग्रेसकी नेतृ रीता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधन प्रधानमन्त्रीको खोक्रो आत्मरतीमा सिमित भएको प्रतिक्रिया दिएकीछिन् । 

सामाजिक संजालमा आफनो प्रतिक्रिया लेख्दै नेतृ खनालले कोरोना संक्रमणबाट जोगिन प्रधानमन्त्रीको सम्बोधनबाट कुनै रणनीति र कार्यक्रम नआएकोमा आक्रोशसमेत पोखेकी छिन् । उनले यसलाई प्रधानमन्त्रीको आत्मरती र रणनीतिविहीन आलापको संज्ञा दिएकी छिन् । 
प्रधानमन्त्रीको सम्बोधनमा भ्रष्टाचार र शून्य शहनशिलताको ठ्याक्कै उल्टो परिभाषा भेटिएको भन्दै उनले कटाक्ष गरेकी छिन् । 

खनाल लेख्निछन्, ‘ नागरिकको काम भनेको चंै सरकारले भनेको लक डाउनको निर्देशनको पालना गरिरहने अनि सरकारको काम चै यहि कोरोना को निहुँ मा जम्मा भएको राहत कोष झ्वाम पारिरहने ? बेलाबेला  रास्ट्रको नाममा भावनात्मक सम्बोधन गरिरहने अझै शक्तिराष्ट्र भन्दा हामी सुरक्षित, हाम्रो काम गर्ने तौर तरिकाको अन्तर्रास्ट्रिय जगतबाट प्रशंसा  ?’

‘स्वास्थ्यकर्मीलाई  यतिबेला पीपीई सम्म छैन  । यो खोक्रो आत्मरती मात्र ! यो अलाप कोरोना परास्त रणनीति विहीन’ । 
 

ADVERTISEMENT