समाचार अर्थ

तीन सय तीन जना बोकेर उड्यो कतार एयरवेज

तीन सय तीन जना बोकेर उड्यो कतार एयरवेज

काठमाडौंमा रहेका अमेरिकी र ग्रिनकार्डवाहक नेपालीसहित ३ सय ३ जनालाई लिएर कतार एयरवेजको चार्टर विमान वासिङ्टनका लागि उडेको छ । कतारको दोहा हुँदै सो विमान वासिङ्टन पुग्ने छ । बन्दाबन्दीका कारण असहज परिस्थितिको सामना गरिरहेका आफ्ना नागरिकलाई नेपालस्थित अमेरिकी दूताबासले स्वदेश लगेको हो । 

 यसअघि गत मंगलबार अमेरिकाले नेपालमा रहेका ३ सय २ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको थियो । भ्रमण लगायत विभिन्न उद्देश्यले नेपाल आएका उनीहरुलाई कतार एयरवेजमार्फत फिर्ता लगिएको हो । दूतावासले आफ्ना नागरिक फिर्ता गर्न नेपाल सरकार, पर्यटन बोर्डलगायत सातै प्रदेशका स्थानीय तहसँग समन्वय गरेको थियो । यसअघि हिजो त्रिभुवन विमानस्थलबाट लकडाउन यता सर्वाधिक चार्टर उडान गर्ने मुलुकमा जर्मनले तीन र फ्रान्सले दुइटा गरेका छन् । 

ADVERTISEMENT