समाचार खेल

खेलाडीको ३० प्रतिशत तलव कटौती गर्ने प्रस्ताव

खेलाडीको ३० प्रतिशत तलव कटौती गर्ने प्रस्ताव

इंग्लिस प्रिमियर लिग क्लवहरुले खेलाडीको ३० प्रतिशत तलव कटौती गर्ने प्रस्ताव गरेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण खेलका गतिविधिहरु ठप्प भएसँगै तलब कटौती गर्ने प्रस्तावबारे सबै क्लवले खेलाडीसँग छलफल गर्ने भएको छ ।

प्रिमिय लिगका २० क्लवले संयुक्त रुपमा छलफल गरेपछि यो निर्णयमा पुगेको बताइएको छ । कोरोना भाइरसका कारण प्रिमियर लिग स्थगित गरिएको छ ।

यसका साथै यो सिजनको फुटबल पूर्ण रुपमा सुरक्षित नहुँदासम्म सुचारु नगर्ने पनि क्वलहरुले सहमति गरेका छन् ।

अहिलेको अवस्थामा प्रिमियर लिगका क्लव र अरु क्लवलाई परेको आर्थिक भारलाई कम गर्नका लागि खेलाडीको वार्षिक तलवबाट ३० प्रतिशत कटौती गर्न प्रस्ताव गरिएको छ ।

प्रिमियर लिगले विज्ञप्ति निकाल्दै पूर्व निर्धारित मे महिनाको तालिका अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । 

ADVERTISEMENT